25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

नेपालका कम्युनिष्ट र कराँते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, चैत्र २१, २०७३  

कराँते अर्थात, मार्शल आर्ट अन्तर्गतको एउटा खेल विधा । अनि कम्युनिष्ट पार्टीहरु, जो विश्व सर्वहारा वर्गको पक्षमा आवाज बुलन्द पार्दे सदियौँदेखि संघर्ष गरिरहेका छन् । आज नेपालको सन्दर्भमा कराँते र कम्युनिष्टहरु उस्तै बन्न पुगेका छन् । यो मानेमा यिनीहरुको चरित्र उस्तै छ कि यी दुवै फुट र गुटले ग्रस्त बन्दै गएका छन् ।
जसरी नेपाली कम्युनिष्ट पार्टीहरु एक ठाउँमा बस्नै सक्दैनन् नेपालको मार्शल आर्ट पनि एक ढिक्का भएर संगठित हुन सकेको छैन । नेपालका कम्युनिष्ट पार्टीहरुको मूलभूत सिद्धान्त र दस्तावेज उस्तै उस्तै भएतापनि नेता–नेताबीचको व्यबहार र सोचाईमा तालमेल हुन नसक्दा पार्टी गुट र उपगुटका कारण फुट्ने गरेका छन् । अझ जनताले बुझ्ने सोझो भाषामा भन्ने हो भने सवै कार्यकर्तालाई पद चाहिएको छ,
कि त पार्टी अध्यक्ष या महासचिव, त्यसैका कारण कम्युनिष्टहरु अनेक बहानाबाजी, आरोप प्रत्यारोप गरी आपसमा टुक्रिने गरेको ईतिहास
हो । त्यहि रोग नेपालको मार्शल आर्टमा पनि विद्यमान छ । बिदेश भ्रमण, पद, पैसा र शक्तिको अस्वस्थ प्रतिस्पर्धाका कारण नेपाली कम्युनिष्टहरु जस्तै नेपालको मार्शल आर्ट क्षेत्र पनि विभाजित छ । खेलमा झेल हुनुहँुदैन । खेलमा लैङ्गिक, भाषिक, भौगोलिक, साँस्कृतिक लगायतका सवै विभेदका पाटाहरुलाई निस्तेज
पार्दै एकताको सन्देश दिने गरी
एकै खेलमा सवै पक्षका खेलाडीलाई समेटर टिम स्पिरिटका साथ खेलिनु पर्छ । मार्शल आर्टअन्तर्गका खेलमा खुट्टाको प्रहारले प्रतिपक्षी खेलाडीलाई
जति प्रहार गरे पनि, घाईते पारे
पनि र कतिपय अवस्थामा अंगभंग नैं भएपनि खेल सकिएपछि उनीहरु आपसमा हात मिलाएर र अंकमाल गरेर एरिनाबाट बिदा हुन्छन् । तर खेलाडीहरु मिलेपनि ती खेलका पदाधीकारीहरु भने कुनै पनि हालतमा मिल्ने पक्षमा छैनन् । उनीहरु खेल संघ नैं फुटाएर अर्को त्यस्तै प्रकारको संघ दर्ता गर्न कसरत गर्छन् र गरिहेका छन् । मार्शल आर्ट खेलका अधिकाँश पदाधीकारीहरु विदेशी डलर कुम्ल्याउने, खेल प्रतियोगिताको बहानामा वैदेशिक भ्रमण गर्ने र ताल परे उतै लुकेर बस्ने जस्ता प्रलोभनले गर्दा मार्शल आर्टका खेल संघहरु फुट्ने गरेको नेपालको तीतो यथार्थ हो ।
बामपन्थी राजनीतिक बृत्तका नेताहरु जति टुटफुट गरेपनि आखिर जनता भने मिलेरै बसेका छन् । जनताले आफ्नो परिश्रम नगरी साँझ–बिहान हात मुख जोर्न पाउँदैनन् । नेपालका कम्युनिष्ट पार्टीमा पनि एकले अर्कालाई
हिलो छ्याप्ने, खुइल्याउने, धम्क्याउने, साँस्कृतीक बिचलन, आर्थिक बिचलन लगायतका विषयमा आरोप प्रत्यारोप गर्ने कुराहरु हुन्छन् । नेताहरुले सानो तिनो अन्तर्संघर्ष मैँ पनि यस्तै प्रकारका आरोप लगाउँदै जाँदा मनोमालिन्य पैदा भई पार्टीहरु टुटफुट र बिखन्डन भएका छन् । जसरी मार्शल आर्टका खेलाडीहरुले पदाधीकारीहरुको जूँगाको लडाईमा मार खेप्दै
आउनु परेको छ त्यसैगरी नेपालका बामपन्थी, प्रगतिशिल पक्षधर जनताले पनि कम्युनिष्ट नेताहरुको स्वार्थ र फुटका कारण पटक पटक धोका खाइरहेका छन् । नेपालमा राणाशासनको अन्त्य पछि पुष्पलाल श्रेष्ठको टिमले कम्युनिष्ट पार्टीको स्थापना गरेपछि करिव ७० बर्षको ईतिहासमा यहाँ धेरै कम्युनिष्ट पार्टीहरुको जन्म भयो । बर्तमान अवस्थामा विद्यमान करिव दुई दर्जन भन्दा बढि कम्युनिष्ट वा वामपन्थी धारका पार्टीहरु पनि यहि टुट, फुट, गुट र विभाजनको परिणाम हो । हाल पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको एकिकृत नेकपा (माओवादी), मोहन वैद्य नेतृत्वको नेकपा (मओवादी, नेत्र विक्रम चन्द विप्लव महासचिव भएको नेकपा माओवादी, , मोहन विक्रम सिंहको मसाल, चित्र बहादुर के.सीको जनमोर्चा, केपी शर्मा ओली अध्यक्ष रहेको हालको नेकपा (एमाले), नेकपा (माले) हुँदै पुनः अहिले नेकपा (एमाले), नेकपा (माले), लगायतका कम्युनिष्ट तथा बामपन्थी शक्तिहरु र पछिल्लो पटक डा. बाबुराम भट्टराई जसरी एउटै पार्टी भित्र रहन नसकी बिभाजित छन् नेपालको मार्शल आर्ट पनि त्यस्तै गरी बिभाजित भएको छ । त्यसैगरी केहि महिना अघि सम्म मणी थापा महासचिव रहेको क्रान्तिकारी कम्युष्टि पार्टी र मात्रिका यादव नेतृत्वको माओवादी पार्टी पनि गुणात्मक रुपमा नभमा कम्युनिष्ट पार्टीको रुपमा बाहिर देखा परेकै हुन् । त्यसैगरी भत्तपुर र केहि जिल्लाहरुमा संगठन रहेको दाबि गर्ने नारायणमान बिजुक्छें (रोहित) नेतृत्वको नेपाल मजदुर किसान पार्टी पनि कम्युनिष्ट पार्टीकै रुपमा चिनिएको छ ।
खेल उहि भएतापनि राष्टिूय खेलकुद परिषद् (राखेप) मा बिभिन्न नाममा तीस भन्दा बढी मार्शल आर्टअन्तर्गतका खेल संघहरु दर्ता भएका छन् । ती संघहरु बिभिन्न राजनीतिक दलका नेताहरुको अशिर्वाद, दवाव र प्रभावमा दर्ता भएका हुन् । जसरी कम्युनिष्ट पार्टीहरुमा सवैलाई नेता बन्नु पर्ने अभिप्रायले गर्दा सिद्धान्त एकै भएपनि पार्टी फुटाउने ‘फेशन’ चलेको छ, ठ्याक्कै मार्शल आर्टका पदाधीकारीहरुलाई पनि यहि मनोदशाले ग्रसित पारेको छ ।
राखेपमा दर्ता भएका मार्शलआट्र्स खेलहरुमा दावा गुरुङको नेपाल कराते महासंघ, प्रकाश शमसेर राणाको नेपाल तेक्वान्दो संघ, सोमनाथ अधिकारी प्यासीको नेपाल सिन्जीन कराते संघ, श्याम शेर्पा महासचिव रहेको नेपाल सोतोकान कराते
(जेएसकेए), मानबहादुर तामाङको नेपाल वादोकाई कराते संघ, हेमकुमार श्रेष्ठको नेपाल सोतोकान करोते संघ (एसकेआई), दावा गुरुङको नेपाल सितोरियो कराते संघ, चन्दप्रकाश घर्ती सी.पी को नेपाल गोजु ‘यु’ कराते संघ, विनोद विक्रम सिंहको नेपाल फूलकन्ट्याक्ट कराते महासंघ, काजीमान श्रेष्ठको नेपाल बुदोकैदो फूलकन्ट्याक्ट संघ, मिना तामाङको नेपाल रेन्बुकाई करोत संघ, ओमबार बुढामगरको नेपाल अन्तराष्टिूय तेक्वान्दो महासंघ रहेका छन् । त्यसैगरी नेपाल क्वानमुकान कराते संघ, जापान गोजुरियो केन्वाकाई कराते डो नेपाल संघ, नेपाल प्यान्क्रेशन एथ्लीमा संघ, नेपाल बाडोरियो कराते डो संघ, जापान कराते डो गोजुरियो ओसिकाई संघ नेपाल, गोर्खा एक्शन मार्शल आर्ट संघ, नेपाल बाडोरियो कराते डो रेनमेई सोन्दोज्युक संघ, नेपाल राष्टिूय आर्ट गेम्स कमिटी, नेपाल जितकुण्डो मार्शल आर्ट संघ, नेपाल सिन क्योकुसिन कराते संघ, नेपाल आसिहारा काईकन कराते डो संघ, नेपाल सोतोकान काते संघ (एसकेआईएफ), नेपाल जेनुईन मार्शल आर्ट एण्ड स्पोर्टस, नेपाल सितोरियो सोबुकान कराते संघ, नेपाल क्योकुसिन कईकान कराते संघ, नेपाल सिडो कराते संघ, सोतोकान कराते डो संघ नेपाल, नेपाल बाडोरियो कराते महासंघ, राष्ट्रिय तेक्वान्दो युनियनलगायतका मार्शल आर्ट संग सम्वन्धित खेल संघहरु राखेपमा दर्ता भएका छन् र अन्य संघहरु फुट्दै नयाँ दर्ता हुने क्रम पनि जारी नैं छ । नेपालको कम्युनिष्ट वाम्पन्थी धाराको बृत्तमा यतिबेला फुट नभई जुट, एकता र एकिकरणको खाँचो छ । बाम्पन्थी धाराका नेताहरु पनि भाषण र बोलिमा त लोलि मिसाउँछन् तर व्यबहारमा भने एकता भन्दा पनि अनेकता नैं देखिएको छ । नेताहरु मिल्नुप¥र्यो भन्ने आम जनतको धारणा रहेको त छ, तर सङ्कीर्णं सोचलाई त्यागेर वाम्पन्थी शक्तिहरु एक ढिक्का हुन सकिरहेका
छ्रैनन् । बरु ती बुज्रुकहरु त झन ध्वाँस पो दिईरहेका छन, यो वा त्यो निहूमा, यो वा त्यो शक्तिको निर्माणमा अनि फेरी फुट्ने र फुटाउने योजनामा ।
नेपाल जस्तो सानो भौगोलिक मुलुकमा धेरै राजनीतिक दलहरुको अवश्यकता छैन । वामपन्थी मात्र होईन सवै राजनीतिक दल, तिनका नेता तथा कार्यकर्ताहरु मिलेर बसेको खण्डमा देश र रजनताले विकाश, सुशासन, अमनचयन र संविधानको कार्यान्वयन र त्यसको समयानुकुल परिमार्जन पनि हुनेमा कसैको दुई मत नरहला । त्यसैगरी नेपाली मार्शल आर्टको क्षेत्रमा पनि एकताको प्रयास हुन जरुरी छ । उस्तै र एकै प्रकारका खेलकुद संघहरु गाभ्ने कुरा राखेपमा बेला बखत चल्ने गरेको शव्द पनि हो । सदस्य सचिव केशव कुमार बिष्टले यस विषयलाई आफ्नो आगमनका सुरुआती दिनहरुमा निकै चर्को रुपमा बोल्ने गरेता पनि हिजोआज भने उनी यसबारेमा मौन देखिएका छन् ।

प्रकाशित मितिः सोमवार, चैत्र २१, २०७३     1:14:15 PM  |