24 September 2023  |   सोमवार, अशोज ८, २०८०

ठूलो मात्रामा झ्याऊ बरामद

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, चैत्र २१, २०७३  

कोहलपुर, २१ चैत्र /  नेपाल प्रहरीको मध्यपश्चिम क्षेत्रिय अनुसन्धान ब्युरोको टोलीले आइतबार बाँके मानपुर पुरानो गणेश मिलबाट ठूलो मात्रामा प्रतिबन्धित जडिबुटी झ्याउ फेला पारेको छ । प्रहरी निरीक्षक अरुण कुमार सिहंको नेतृत्वमा खटिएको टोलीले बिशेष सूचनाका आधारमा अबैध रुपमा लुकाई राखेको १७ कुइन्टल २१ किलो प्रतिबन्धित जडीबुटी झ्याउ नियन्त्रणमा लिई जिल्ला वन कार्यालय बाँकेमा पठाएको छ ।
ठूलो मात्रामा लुकाइराखेको प्रतिबन्धित जडिबुटी झ्याउ राखेको स्थान नेपाल ज्वैलर्सका सकिल जसगढको भएको प्रहरीले बताएको छ । प्रतिबन्धित जडिबुटी झ्याउ सहित उक्त स्थानको रेखदेख गर्दै आएका अशरफ अलि जसगडलाई समेत थप अनुसन्धानका प्रहरीले हिरासतमा लिएको छ ।
यत्रो ठूलो मात्रामा प्रतिबन्धित जडिबुटी झ्याउ कहाँबाट आयो र क–कसको मिलेमतो छ भन्ने कुरा थप अनुशन्धानबाट पत्ता लाग्ने प्रहरी निरिक्षक अरुण कुमार सिहंले जानकारी दिए । झ्याउ सहित प्रहरीले झ्याउको चौकीदारी गरि बस्ने नेपालगन्ज १६ का असरफ अलीलाई पनि पक्राउ गरेको छ ।

प्रकाशित मितिः सोमवार, चैत्र २१, २०७३     1:10:08 PM  |