26 July 2021  |   सोमवार, साउन ११, २०७८

ग्रेण्ड आई टेन गाडी बजारमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र १८, २०७३  

कोहलपुर, १८ चैत्र /  हुण्डाई गाडीको एकमात्र अधिकृत विक्रेता हिम अटो डिष्ट्रिव्युटरले बिहीबार देखि नयाँ २०१७ ग्रेण्ड आई टेन गाडी बजारमा भित्राएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले एक कार्यक्रमका बीच हुण्डाई कम्पनीको नयाँ गाडी ग्रेण्ड आई टेन सार्वजनिक गरेका हुन् । नयाँ फेस लिफ्ट ग्रेण्ड आइ टेनको उद्घाटन गर्दै संघका अध्यक्ष वैश्यले नेपालगन्जमा पनि आधुनिक गाडी भित्रिने क्रममा हुण्डाई कम्पनीका गाडीले निरन्तर नयाँ नयाँ मोडेलको गाडी भित्राएको र ग्राहकको मन जित्न सफल भएको दावी गरे । हुण्डाई कम्पनीको नेपालमै सवैभन्दा बढी विक्री हुने गाडी रहेको कम्पनीले दावी गरेको छ ।

प्रकाशित मितिः शुक्रबार, चैत्र १८, २०७३     12:47:00 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *