15 April 2021  |   बिहिबार, बैशाख २, २०७८

मध्यपश्चिमलाई जर्सी सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र १८, २०७३  

कोहलपुर, १८ चैत्र / मध्यपश्चिम क्रिकेट क्लब कोहलपुरका लागि सहयोग आउने क्रम जारी छ । छोटो समयमै यस क्षेत्रकै स्थापित क्लबका रुपमा उदाएको मध्यपश्चिमलाई सहयोग गर्नेको संख्या दिनप्रतिदिन बढ्न थालेको हो ।
यसैक्रममा कोहलपुरस्थित युनिक ताज कलेक्सनले क्लबलाई सहयोग स्वरुप जर्सी प्रदान गरेको छ । ताज कलेक्सनका संचालक प्रतापराज भण्डारीले क्लबका खेलाडीहरुलाई १५ हजार बराबरको जर्सी प्रदान गरेका हुन् । काठमाण्डौ चैत्र २३ गतेदेखि हुन गइरहेको यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारीमा रहेको क्लबका खेलाडीहरुलाई प्रतियोगिताको लागि आवश्यक जर्सी प्रदान गरेको भण्डारीले जानकारी दिए ।
यसैबीच मध्यपश्चिमले प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरु छनौट गरेको छ । खेलाडीहरु अहिले प्रशिक्षणमा छन् ।
छनोटमा परेका खेलाडीहरुलाई राष्ट्रिय क्रिकेट टिमका सहायक प्रशिक्षक दिपेन्द्र प्रताप सिंह, नेपाली क्रिकेट टिमका पूर्व कप्तान एल.बि. क्षेत्री, राष्ट्रिय स्कोरर होमेन्द्र क्षेत्री लगायतले प्रशिक्षण दिइरहेका छन् ।

प्रकाशित मितिः शुक्रबार, चैत्र १८, २०७३     12:44:18 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *