5 March 2021  |   शुक्रबार, फाल्गुन २१, २०७७

केद्धारेश्वर धाम परिसर सरसफाई

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन २३, २०७३  

बाँसगढी, २३ फागुन / नयाँ शक्ति युवा राष्ट्रिय अभियानद्धारा ऊँ केद्धारेश्वर धाम (ट्रष्ट) परिसरमा सरसफाई गरिएको छ । नयाँ शक्ति पाटी नेपाल निकट नयाँ शक्ति युवा राष्ट्रिय अभियानद्धारा बाँसगढी क्षेत्रका युवा परिचालन गरि धाम वरपर आईतबार सरसफाई गरिएको हो । बर्दियाको बाँसगढी हाउपुरमा यहि फागनु १३ गते देखि २१ गते सम्म भएको धार्मि ज्ञानमहायज्ञ सञ्चालन भएकाले कार्यक्रम स्थल लगायत धामको बरपर दुर्गन्धीत भएको थियो ।
दुर्गन्धीत फोहोरहरु राष्ट्रिय युवा अभियान बर्दिया जिल्ला सहसंयोजक बिपीन पौडेलको नेतृत्वमा बाँसगढी क्षेत्रका युवाहरुलाई परिचालन गरी छरीएर रहेको फोहोरलाई सरसफाई गरी १० बोरा बोहोर बाँसगढी नगरपालीकाको गाडीबाट डम्पीङ साईडमा फालिएको जनाईएको छ ।
सरसफाई कार्यक्रमलाई समापन गर्दै नयाँ शक्ति पाटी नेपाल बर्दिया जिल्ला संयोजक केशवराज पौडेलले सहभागी युवाहरुलाई सडकमा जिन्दावाद मुर्दाबाद नारा लगाउने र कुलतमा फस्नु भन्दा सकारात्मक सोचका साथ समाजमा राम्रो कामको नेतृत्व गर्नु पर्ने कुरामा जोड दिए ।
उनले युवाहरुले राजनैतिक नेतृत्व र सामाजिक दायित्व बोध नगरे सम्म बिकास र आर्थिक समृद्धि सम्भव नरहेको बताए । नयाँ शक्ति राष्टिय युवा अभियानले बाँसगढी बजार क्षेत्रलाई बन्द क्षेत्र मुक्त बनाउने योजना बनाईरहेको समेत उनले  जानकारी दिए ।

प्रकाशित मितिः सोमवार, फाल्गुन २३, २०७३     12:31:15 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *