19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

चेपाङ्गवस्तीमा एकीकृत घुम्ती शिविर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन २२, २०७३  

बाँसगढी, २२ फागुन / बर्दियाको दुर्गम मानिने चेपाङ्गमा शनिबार भएको एक दिने एकिकृत घुम्ति शिबिरबाट करिब ६ सय सर्वसाधारणहरुले सेवा पाएका छन । बाँसगढी नगरपालिका १ मा पर्ने चेपाङ्गका जनताहरुले सरकारी तथा गैर सरकारी संस्थाबाट प्रदान गरिने सबै सेवाहरु शिविरबाट सेवा लिएका हुन् ।
जसमा स्वास्थ्य शिबिरबाट ८५ जना बालबालिकाको कुपोषण चेकजाँच, २ सय ९० जनाको स्वास्थ्य परिक्षण, ७० जनाले आयुर्बेद स्वास्थ्य सेवा र १ सय ९० जना बालबालिहरुलाई खोप तथा पोलीयो थोपा खुवाइएको छ । खानेपानी सरसफाई कार्यालयबाट ५४ जनालाई ५ सय ४० ओटा एक्वाट्याबलेट र पानी शुद्धिकरण गर्ने बिधिका बारेमा जानकारी, जिल्ला कृषि विकास कार्यालयबाट ११ जनालाइ प्रत्यक्ष नमुना सहितिको जानकारी, २ सय ५० लाई सुझाव दिइएको छ भने २ सय ५० जनालाई नै बिउ बिजन बितरण गरिएको छ ।

त्यसैगरी १७ जनालाई अपाङ्ग परिचय पत्र बितरण, ६१ जनालाई जेष्ठ नागरिक परिचय पत्र र ६० जनालाई नागरिकता बितरण गरिएको छ । शिविरमा पशु सेवा कार्यालयले २ सय ३० परिवारका १३ सय ९५ पशुहरुको चेक जाँच गरेको छ । कार्यक्रममा ३७ जनालाई महिला हिंसा बिरुद्धको सचेतना तथा परामर्श पनि दिइएको छ ।
चेपाङ्गको लक्ष्मी प्राविमा भएको शिबिरको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापाले दुर्गम क्षेत्रका बासिन्दाहरुको सहज सेवाको लागी शिबिर सञ्चालन गरिएको बताए । बाँसगढी नगरपालिकाका कार्यकारी अधिकृत बखतबहादुुर खड्काको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापा, प्रहरी उपरिक्षक भरतबहादुर बोहोरा, भुमि अधिकार कार्यालयका शेसकान्त पौडेल लगायतको उपस्थिति रहेको थियो ।
शिबिर जिल्ला प्रशासन कार्यालय बर्दिया, बाँसगढी नगरपालीका, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला पशु सेवा कार्यालय, खानेपानी तथा सरसफाई कार्र्यालय, महिला तथा बालबालिका कार्यालय, जिल्ला कृषि बिकास कार्यालय, जिल्ला आयुर्बेद स्वास्थ्य कार्यालय, हुलाका कार्यालयको संयुक्त आयोजना तथा थारु महिला उत्थान केन्द्र, महिला पुनस्र्थापना केन्द्र ओरेक नेपालको समन्वय र युएसए आईडीको साझेदारीमा भएको हो ।

प्रकाशित मितिः आइतवार, फाल्गुन २२, २०७३     12:40:59 PM  |