19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

जनमुखीले शुरु ग¥यो नेपालगञ्ज–काठमाडौं बस सेवा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज ६, २०७३  

कोहलपुर, असोज ६
जनमुखी यातायात सेवाले नेपालगञ्ज–काठमाण्डौ डिलक्स बस सेवा सुरु गरेको छ । जनमुखीले बुधबार साँझ पहिलो गाडी कोहलपुर बसपार्कबाट काठमाण्डौका लागि रात्रीकालिन सेवा प्रारम्भ गरेको हो ।

11

 यात्रुहरुको आवश्यकतालाई मध्यनजर गर्दै नेपालगञ्ज–काठमाडौंका लागि सुविधा सम्पन्न डिलक्स बस सेवा शुरु गरिएको उपाध्यक्ष सागर शाहीले बताए । पहिलो चरणमा चार वटा डिलक्स गाडी भित्र्याई सेवा शुरु गरिएको उनले बताए । सो डिलक्स बसहरुमा निःशुल्क वाइफाई, पानी, आरक्षण सिटको व्यवस्था लगायत रहेको उनको भनाई छ । दशै लगत्तै वातानुकुलित र सन्पेन्सन बसहरु संचालनमा ल्याइने अध्यक्ष दर्वजंग शाहीले बताए । जनमुखीले हाल सुर्खेत, दाङ् र काठमाण्डौ रुटमा मात्र गाडी संचालनमा ल्याएको छ । निकट भविष्यमा नगर बसका साथै अन्य रुटमा पनि गाडी संचालन गरिने अध्यक्ष शाहीको भनाई छ ।

प्रकाशित मितिः बिहिबार, अशोज ६, २०७३     12:47:01 PM  |