19 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

बाँसगढीमा सस्तो पसल सञ्चालन गरिने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज ६, २०७३  

बाँसगढी, असोज ६
नजिकिँदै गरेको चाडपर्वमा जनतालाई राहत उपलब्ध गराउन बाँसगढीमा पनि सस्तो पसल सञ्चालन गरिने भएको छ ।
बाँसगढी उद्योग वाणिज्य सँघ बर्दियाको पहलमा बाँसगढी नगरपालीका कार्यालयसँग समन्वय गरेर केही दिनमा बाँसगढी नगर क्षेत्रका मुख्य मुख्य बजारहरुमा सस्तो पसल सञ्चालन गर्नेे बाँसगढी उद्योग बाणिज्य सँघका पदाधिकारीहरुको बैठकमा निर्णय भएको बाँसगढी उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष शंकर शर्माले बताए । उनले दशै तिहारमा घरायसी दैनिक उपभोग्य सरसमानहरुमा अत्याधिक माग बढेको मौकामा व्यापारीहरुले नजायज फाइदा नउठाउनु भनेर सस्तो पसल भनेर सरकारको अबधारण अन्तगर्त नै बाँसगढी नगरपालीका भित्रमा पनि सस्तो पसल खडा गर्ने निर्णय गरेको बताए । उनले अब छिटै सबै प्रक्रिया पुरा गरी करिब एक हप्ता देखि १० दिन भित्रमा सस्तो पसल सञ्चालन गरिने बताए ।
सस्तो पसलहरुमा घरयासी दैनिक उपभोग्य वस्तुमा उपभोक्तालाई छुट दिने गरी साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत पसल सञ्चालनमा ल्याईने र बाँसगढी, माछागढ, डेउढाकला र लखनाबजारमा गरी ४ ठाँउमा सस्तो पसल सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ । सस्तो पसल सञ्चालन भए पछि उपभोक्ताहरुले दैनिक उपभोग्य बस्तु, चमल, नुन, तेल, दाल लगायतका उपभोग्य बस्तुुहरु अन्य पसलहरु भन्दा सस्तो र सुलभ मुल्यमा पाउनेछन् ।

प्रकाशित मितिः बिहिबार, अशोज ६, २०७३     12:45:57 PM  |