26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

मोटसाईकल चोरी गर्ने सात पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ ३०, २०७३  

कोहलपुर, भदौ ३० बाँकेका विभिन्न क्षेत्रबाट मोटरसाईकल चोरीमा संलग्न रहेका सात जनालाई बुधबार बाँके प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके नेपालगञ्ज–२१का दिलदार हुसेन जोलाह, सोहि ठाउँका ईरफान जोलाह, मेराज कवडिया, सद्दाम हुसेन जोलाह, अनवर अली जोलाह, ईरसाद अंसारी र भारत बहराईच बस्ने प्रलाद सोनी रहेका छन् ।
मोटरसाईकल चोरी मुद्दा दर्ता गरी अनुसन्धान पश्चात बाँके जिल्ला अदालत बाँकेमा पेश भए पछि अदालतबाट दिलदार हुसेन जोलाह, ईरफान जोलाह, बड्कौ भन्ने मेराज कवडिया, सद्दाम हुसेन जोलाह, बिल्डर भन्ने अनवर अली जोलाह ईरसाद अंसारीबाट प्रतिव्यक्ति तीन लाख २१ हजार ५० धरौटी माग गरिएकोमा धरौटी राख्न नसके पछि पुर्पक्षको लागी कारागार चलान गरिएको प्रहरीले जनाएको छ । त्यस्तै प्रलाद सोनीले एक लाख,७२ हजार, ५० धरौटी तिरे पछि छुटेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, भदौ ३०, २०७३     11:39:10 AM  |