1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

राजेन्द्र ताम्राकार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ २९, २०७३  

छिन्चु, भदौ २९
भेरीगंगा नगरपालिकामा पहिलोपटक दमकल भित्रिएको छ । उक्त दमकल संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उपल्बध गराएको हो । नेपाल भारतको सहयोगमा दमकल आएको हो । दमकल भित्रिएसंगै अब यस क्षेत्रमा आगलागीका घटना भएमा बाहिरबाट दमकल ल्याउने समस्या हटेको छ । यसअघि आगलागी नियन्त्रण गर्न नेपालगन्ज, तथा बर्दियाबाट दमकल ल्याउनुपर्ने बाध्यता रहेको थियो । यस क्षेत्रमा पहिलोपटक दमकल भित्रिएपछि यहाँका स्थानीय निकै खुशी देखिएका  छन् । ५ हजार लिटर पानी बोक्ने क्षमता भएको दमकल सुर्खेत जिल्लामै पहिलोपटक भेरीगंगा नगरपालिकामा भित्रिएको नगरपालिकाका नायब सुब्बा कुलबहादुर खड्काले बताए ।

प्रकाशित मितिः बुधबार, भदौ २९, २०७३     11:29:04 AM  |