यात्रुबाहक बस दुर्घटना २९ यात्रु घाइते, ६ गम्भीर



कोहलपुर, २७ भदौ
चिसापानी ४ देउराली नजिक बस दुर्घटना हुँदा २९ घाइते भएका छन् । ६ जनाको अवस्था गम्भीर छ । नेपालगन्जबाट सुर्खेत जाँदै गरेको ना ३ ख ४७३५ नम्बरको यात्रुबाहक बस आइतबार अपरान्ह ५ बजे दुर्घटना भएको कोहलपुर प्रहरीले जनाएको छ । घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको छ । प्रहरीका अनुसार ओभरटेक गर्दा दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ । बस सडकबाट ३० मिटर तल भिरमा रुखले अड्याएको छ । नेपाली सेना, नेपाल प्रहरीले घाइतेहरुको उद्धार गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७३ भदौ २७ गते सोमबार