24 September 2023  |   आइतवार, अशोज ७, २०८०

स्थानीय निकायको पुनर्संरचना निर्माणमा थारू समुदायको ध्यानाकर्षण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, भदौ २०, २०७३  

रावन विश्वकर्मा
बाँसगढी, भदौ २०
राज्य पुनर्संरचना आयोग गठनसँगै नेपाल सरकारले स्थानीय निकाय निर्माणकालागि पुर्वतयारी छलफल थालेपछि बर्दियामा थारू समुदायको गम्भिर ध्यानाकर्षण भएको छ । बर्दिया जिल्लामा पाँचवटा स्थानीय निकाय रहनेगरी जिविसले सुझाव संकलनको कार्य थालनी गरेपछि थारू अगुवा र बुद्धिजिवीहरुको आईतबार बर्दियामा भेला भएको हो । भेलाले राज्य पुनर्संरचना गर्दा स्थानीय निकायमा थारूहरुको बाहुल्यता र भौगालिक अवस्थालाई ध्यानमा राख्दै राजनितिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपमा उनीहरुको सबै किसिमले सहज पहुँचको अवसर र सत्ता संचालनको अभ्यास गर्न पाउनेगरी पुनर्संरचना गर्नुपर्नेमा जोड दिएका छन् । कर्मशील–नेपालको आयोजनामा भएको कार्यक्रममा केहीदिन भित्र स्थानीय निकायको संरचना निर्माणको आधार सहितको खाका तयारगरी राजनितिक दल, जिम्मेवार निकायहरुसँग छलफल गर्ने पनि निर्णय गरेका छन् । राज्य पुनर्संरचना आयोगको मापदण्ड अनुसार भुगोल र जनसंख्यालाई मुख्य आधार मानेर स्थानीय निकायको पुर्नसंरचना निर्धाणकालागि स्थानीय विकास अधिकारीको नेतृत्वमा सिफारिस प्राविधिक समिति बनाएको छ । बर्दियामा गाउँपालिकाका र नगरपालिका ५ ओटा स्थानीय निकाय बनाउने आयोगले बनाएको मापदण्ड कति उपर्युक्त हुने वा अनुर्पयुक्त हुने भन्ने वहस चलिरहँदा जनताको सेवासुविधा र अधिकारलाई ख्याल गर्नुपर्ने आग्रह गरिएको छ । माओवादीद्वारा संचालित दशबर्षे शसस्त्र द्वन्द्व, ०६२÷०६३ सालको जनआन्दोलन, थारू आन्दोलन मधेश आन्दोलन लगायत विभिन्न समयमा भएमा न्यायपूर्ण आन्दोलनहरुको मर्म भावना अनुसार नयाँ नेपाल बनाउने परिकल्पना भुल्न नहुने उनिहरुको माग रहेको छ । कार्यक्रममा थारू बुद्धिजिवी तथा अधिबक्ता सन्तराम धरकटुवा, मानवअधिकारर्मी शुसिल चौधरी, अधिबक्ता राजकुमार थारू, अधिबक्ता छविलाल थारू लगायतका विद्धान थारूहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः सोमवार, भदौ २०, २०७३     12:02:42 PM  |