राम बहादुर रावत
कोहलपुर, भदौ १९
आज तीज । महिलाहरुको रमाइलो गर्ने दिन । सबै नाच्न गाउँनका लागि विभिन्न स्थानहरुमा रमाईलो गरिराखेका छन् । तर बर्दिया घर भई कोहलपुरमा कोठा भाडा लिएर बस्दै आएकी ३२ वर्षिय माया सतेललाई अटो रिक्सामा यात्रुहरु खोज्न भ्याईनभ्याई छ । रिक्सा भाडामा लिएर उनी दुई महिना देखि रिक्सा चलाउँदै आएकी छिन् । ‘आज तीज हो आमा रिक्सा लिएर नजानु भन्थी छोरीले’ उनीले भनिन् ‘हामी जस्ता मजदुरी गरि खानेका लागि के को तीज ।
काम नगरे साँझाको खाना पनि मुखमा जाँदैन् ।’ तीजलाई तीजका रुपमा मनाउन नपाएकोमा उनले भनिन् ‘बच्चाहरुको स्कुलको शूल्क तिर्नु छ, कहाँबाट ल्याउने तीज मान्ने पैसा ।’ तीन छोरा छोरीलाई स्कुल पढाउने देखि लिएर घर खर्च समेत यसैबाट जोखो गर्नु पर्छ भन्दै तीजका दिन अझै धेरै यात्रुहरु पाउछन्् भनेर आज त बिहानै आएको उनले बताइन् ।
कोहलपुुरका विभिन्न क्षेत्रमा रमाइलो भईरहेको बेला माया जस्ता रिक्सा चलाएर जीवन चलाउनेको लागि तीज तीजको रुपमा आएको छैन् । धनिहरुले तीजमा रमाइलो गर्छन भने गरिबहरुलाई यसरी नै मजदुरी गर्नु पर्छ ।