15 April 2021  |   बिहिबार, बैशाख २, २०७८

होटलमा एकको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ १५, २०७३  

कोहलपुर, भदौ १५
बाँकेको कोहलपुरमा रहेको पप लाईफ होटलमा कोहलपुर ११का ३० वर्षिय विकास राई मृत अवस्थामा भेटिएका छन् भने कोहलपुरकै पवन श्रेष्ठको नेपालगञ्ज मेगिडकल शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ । मृत्यु कसरी भएको हो भनेर प्रहरी अहिलेसम्म प्रत्ता लगाउन सकिहरेको छैन् र अनुसन्धान भईरहेको इकाला प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र काफ्लले जनाएका छन् । घटना क्रम अनुसार नेपालगञ्ज १३का प्रशान्त शाक्यले १३ गते नै होटलको कोठा नं. २०३ बुक गरेको थिए भने सुर्खेत विरेन्द्रनगर १८ का ईश्वर थापाको नाममा १४ गते कोठा नं. २०४ बुक गरिएको बुझ्ना आएको उनले बताएका छन् ।
नेपालगञ्ज मेडिकल शिक्षण अस्पतालमा उपचार गरिरहेका कोहलपुरका पवन श्रेष्ठः
मंगलबार देखि कोठा बुक गरेको राति ९ बजे ढकेरी होमस्टेमा गई चामलको घरेलु रक्सी खाएर राति ११ः०० बजे होटल आइपुगियौ । चारै जनाले रक्सि खाएर आएका थियौं । होटलमा पुगे पछि साथैहरुले वियर मागेको अलि अलि थाहा छ । सबै भन्दा बढि मैले रक्सि खाएको थिएँ । त्यसैले म बहोस् भएछु । विहान एक्कासि अपस्तालमा आफु भएको थाहा पाएँ । हामि बिच कुनै पनि झगडा थिएन् । मलाई थाहा छैन् कसरी मृत्यु भयो । होटलमा अलिकति भात पनि खाएको थाहा छ ।
कोठामा के के भेटिए
कोठा नं. २०३ मा चारवटा वियरका बोतलहरु, एउटा झोला, कपडाहरु छन् । चरोटका तिन वटा प्याकेटहरु पनि छन् । तिनवटाले खाना खाएको देखिन्छ । दुई प्लेटमा स्याउ खास्एको पनि देखिन्छ । सिरानीहरु भुईमा छन् । कोठा नं. २०४ मै मृत्यकको भेटिएका थिए । जहाँको समानहरु छ्ताछुल्ल भएको थियो । बेडका सिरानीहरु भुईमा थिए । सिरानीमा हल्का रगत देखिन्थ्यो ।
साथै प्रहरीले अनुसन्धान जारी राखेको छ भने घटनाको प्रकृति अनुसार मृतकले अत्याधिक ादक पर्दाथ सेवन गरेको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ । मृतकको शव मुचुल्का गरी पोष्टमार्टमको लागि पठाएको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार मृतक राई कतार एयवेजका कर्मचारी हुन ।

प्रकाशित मितिः बुधबार, भदौ १५, २०७३     3:57:44 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *