2 October 2023  |   मङ्लबार, अशोज १६, २०८०

अस्थायी साधन प्रयोगमा कमी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, भदौ १३, २०७३  

कोहलपुर, भदौ १३
अस्थायी साधनको बारेमा जानकारी नहुँदा महिलाहरु कम अस्थायी साधन प्रयोग गरेको एक अध्ययनले देखाएको छ । स्वास्थ्य विषयमा पिएचडी गरिरहेका बांगलादेशका ए.एस.एम. सहाबुद्दिनले गरेको एक अध्ययनले यस्तो परिणाम देखाएको हो । ३ बर्षदेखि बाँकेका ६ गाविसका २७ जना महिलाबाट लिईएको अध्ययनको आधारमा महिलाहरु आफैमा अनविज्ञ भएको कारण सुत्केरी हुदा चेकजाँच गराउन कमि आएको बताईएको छ । २० बर्ष भन्दा पहिले बच्चा जन्मायो भने आमा र बच्चाको खतरा हुने जानकारी हुदा समेत परिपक्व नहुदै बच्चा जन्माउने गरेको पाइएको छ । सुत्केरी नहुँदा स्वास्थ्य सेकजाँच गराएपनि सेत्केरी भईसकेपछि चेकजाँच नगराउने गरेको उक्त अध्ययनका क्रममा भेटिएको डा. शुसिल कोईरालाले बताए । सुत्केरी हुदा महिलाहरुले पुरुष डाक्टरले सुत्केरी गराउने भ्र्रमले समेत महिलाहरु अस्पतालमा सुत्केरी गराउन कम जाने गरेको अध्ययनले देखाएको छ । बच्चा पाउने मानसिकता, गर्भ निरोध प्रयोग गर्दा बाँझोपन हुने, पहिलो बच्चा नजन्मुन्जेल अस्थायी साधन प्रयोग नगर्ने भ्रम, भने बेला अस्थायी साधन नपाउने, अस्पतालमा सुत्केरी गराउन जाँदा पुरुष डाक्टरले चेकजाँच गर्ने, गाली गर्ने र पिट्ने डरले पनि अस्पतालमा सुत्केरी कम गराउन जाने लगायतका तथ्याङक फेला परेको उक्त अध्ययनले देखाएको छ

प्रकाशित मितिः सोमवार, भदौ १३, २०७३     11:51:39 AM  |