29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

तीज आउन बाँकी छदै दरखाने कार्यक्रम धमाधम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, भदौ १२, २०७३  

रावन विश्वकर्मा
बाँसगढी, भदौ १२
तिज आउन एक हप्ता छदै बर्दियामा अधिकांस महिला समूह र संघ संस्थाहरुले दर खाने कार्यक्रमको आयोजना गर्न थालेका छन् । केहि वर्ष यता बर्दियामा मात्रै नभएर अन्य जिल्लाहरुमा पनि तीजको उपलक्ष्यमा भन्दै दरखाने कार्यक्रमको आयोजना गर्दै आएको देखिन्छ । टोल तथा समूहका महिलाहरु मिलेर पैसा उठाएर भए पनि दरखाने फेसन नै बनि
सकेको छ । पहिले तिजको अघिल्लो रातमा दरखाएर महिलाहरु तीजको दिन बर्त बस्ने गर्थे तर केही वर्ष देखि सबै महिलाहरु भेला भएर तिज नआउँदै कार्यक्रमको आयोजना गरी दरखाने गर्छन् । सबै महिलाहरु भेला भएर एका आपसमा मायाँ ममता साटासट गरी दरखाने चलन राम्रै भए पनि कहि कतै यसलाई फेसनको रुपमा पैसा उठाएर भएपनि दरखाने चलन छ । पैसा उठाएर दरखाने त्यस्ता कार्यक्रममा सबै महिलाहरु समावेश हुन नसकेका उदारणहरु छन । शनिबार ऊँ केद्धारेश्वर धाममा महिला जागरण सामाजिक शिक्षा केन्द्र बाँसगढीको आयोजनामा गरियो । नारीहरुको महान पर्व हरितालिका तिजको उपलक्ष्यमा आयोजित दरखाने कार्यक्रममा महिलाहरुले भेटघाट र मायाँ साटासाट गरी मनोरञ्जनात्मक रुपमा दर खाएका छन् । ओम शान्ति ईश्वरी विश्वाविद्यालय बाँसगढीकी प्रमुख पुष्पा दिदि, ऊँ केदारेश्वार धामका अध्यक्ष लिलाधर शर्मा पौडेल, केद्धारेश्वर नारी जागृती समाजकी अध्यक्ष शिवकुमारी सापकोटा, लक्ष्मणा उपकार महिला समुहकी गौरी सापकोटा, बाँसगढी उद्योग बाणिज्य संघका उपाध्यक्ष शंकर शर्मा लगायतको उपस्थिति रहेको थियो । महिला जागरण समाजकी अध्यक्ष चन्द्रा देवकोटाको सभापतित्वमा कार्यक्रम भएको
हो ।
सोही अवसरमा गत वर्ष दर खाने कार्यक्रममा सहयोग पु¥याएको भन्दै ७ जनालाई समान गरिएको थियो । त्यस्तै शनिबार नै धधवार २ र ७ दुधवामा पनि दर खाने कार्यक्रम आयोजना गरिएको थियो । सयपत्री महिला समुहको आयोजनामा भएको कार्यक्रममा समाजका अगुवा, बुदिजिबी, सुरक्षा निकायका प्रतिनिधी लगायतको सहभागी रहेको थियो । सयपत्री महिला समुहका अध्यक्ष भिमकला ज्ञेवालीको अध्यक्षतामा कार्यक्रम भएको थियो । त्यस्तै शनिबार नै कोहल्पुरको प्रेम नगर टोलबासी महिला समूहले दरखाने कार्यक्रमको आयोजना गरेको थियो । महिलाहरुको सामाजिक बिकासमा एकताको लागी कार्यक्रमको आयोजना गरिएको हो ।

प्रकाशित मितिः आइतवार, भदौ १२, २०७३     4:09:00 PM  |