23 September 2021  |   बिहिबार, अशोज ७, २०७८

कटकुईयामा अनुगमन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ ९, २०७३  

कोहलपुर, भदौ ९
बाँकेको कट्कुईया गाविसलाई खुल्ला दिसा मुक्त गर्नका लागि अनुगमन गरिएको छ । अनुगमनका क्रममा केही घरधुरी बाहेक अरु घरधुरीमा चर्पी निर्माण भैसकेको गाविस सचिव अशोक श्रीवास्तवले जानकारी दिए ।
कट्कुईया गाविसमा कुल ९ सय ८२ घरधुरी रहेका छन् । जसमध्ये २÷४ घर बाहेक सम्पुर्ण घरमा चर्पी निर्माण भैसकेको सचिव श्रीवास्तवको भनाइ छ । ६ हजार ६ सय ४३ जनसंख्या रहेको कटकुईयामा महिला ३३ सय ३५ र पुरुष ३३ सय ८ जना रहेका छन् । अहिलेसम्म बाँकेमा २५ गाविस खुल्ला दिसामुक्त भैसकेको जिल्ला विकास समितिले जनाएको छ । जसमा उढरापुर, सोनपुर, बैजापुर, गंगापुर, गनापुर, शम्शेरगन्ज, नरैनापुर, लक्ष्मणपुर लगायत १ नगरपालिका र २४ गाविस खुल्ला दिसा मुक्त गाविस घोषणा भैसकेको जिवीस बाँकेले जनाएको छ । केही गाविस खुल्ला दिसा मुक्त गाविस घोषणा हुने क्रममा समेत रहेको जिल्ला विकास समिति बाँकेले जनाएको छ । जसमा कट्कुईया, कम्दी रहेका छन् ।

प्रकाशित मितिः बिहिबार, भदौ ९, २०७३     9:39:24 AM  |