22 September 2023  |   शुक्रबार, अशोज ५, २०८०

‘वेपत्ताको अवस्था सार्वजनिक गर’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ ९, २०७३  

कोहलपुर, भदौ ९
मध्य तथा सुदुरपश्चिमका बेपत्ता परिवारका आफन्तहरुले आफ्ना आफन्तको अवस्था सार्वजनिक गर्न माग गरेका छन् । शान्ति सम्झौता भएको लामो समय भैसक्दा समेत आफ्ना आफन्तहरुको अवस्था सार्वजनिक गर्न नभएको भन्दै उनीहरुले अझै पनि आफ्ना आफन्तहरु आउने आशामा बसिरहेको गुनासो गरेका छन् । आइसी आरसीले बुधबार नेपालगन्जमा आयोजना गरेको हातेमालो एकीकृत मनोसामाजिक कार्यक्रम समापन कार्यक्रममा सहभागी वेपत्ता व्यक्तिहरुका परिवारले उक्त गुनासो गरेका हुन् । नेपालमा सन् २०१० देखि २०१६ सम्म नेपालमा बेपत्ता भएका व्यक्तिहरुका परिवारहरुको लागि सञ्चालित हातेमालो एकृकित मनोसामाजिक कार्यक्रमको समापनका अवसरमा आयोजना गरिएको प्रतिवेदन प्रस्तुती तथा अन्तरक्रियामा वेपक्ता परिवारका आफन्तहरुले आफूहरुका आफन्तको अहिले सम्म न सास पाउन सकेको न लास पाउन सकेको गुनासो गरेका थिए ।समापन कार्यक्रममा नेपालमा बेपत्ता पारिएका परिवारहरुको मनोसामाजिक परिवारको अवस्था र कार्यक्रम समापन पश्चातको अवस्थाका विषयमा प्रस्तुतीकरण गरिएको थियो ।

प्रकाशित मितिः बिहिबार, भदौ ९, २०७३     9:33:37 AM  |