1 May 2024  |   बुधबार, बैशाख १९, २०८१

युवती बलात्कृत

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ ९, २०७३  

कोहलपुर, भदौ ९
सम्शेरगञ्ज हवल्दारपुरमा एक युवती बलात्कृत भएकी छन् । हवल्दापुरको भित्री गाउँकी २० वर्षिया युवती मंगलबार राती बलात्कारमा परेकी हुन् । जन्मदिन मनाएर घर फर्कने क्रममा बाटोमा सँगै आएका एक युवकले जबर्जस्ती बलात्कार गरेको पीडितले बताइन् । जन्मदिनको कार्यक्रम भएको ठाउँदेखि आफ्नो घर आधा घण्टाको दुरीमा रहेको उनले बताइन् । घर र जन्मदिन मनाएको ठाउँको बीचमा रहेको जंगलमा ती युवती बलात्कृत भएकी हुन् । घर पु¥याइदिने बहानामा सँगै आएका दुई युवक मध्ये एक युवकले बलात्कार गरेको उनको भनाई छ । एक युवकलाई उनले राम्रोसँग चिनेपनि बलात्कार गर्ने व्यक्तिसँग भने उनको खासै चिनचान छैन । चिनेको युवकले बलात्कार गर्नमा सहयोग गरेको उनको भनाई छ । ‘पहिला उनीहरु झगडा गरेजस्तो गरे, मैले चिनेको व्यक्ति गयो, बलात्कार गर्ने व्यक्तिले मलाई पनि पिट्यो’ उनले भनिन् ‘मलाई नराम्रो व्यवहार गर्न थालेपछि के गरेको दाई भन्दा नांगै पारेर पठाईदिन्छु, चुप लाग भन्यो ।’ आफूलाई जबर्जस्ती गर्न खोजेपछि आफू भाग्न खोज्दा लडेको उनको भनाई छ । उनले आफूलाई बचाउन हरसम्भव प्रयास गरिन् , तर सफल हुन सकिनन् ।  बलात्कार गर्ने व्यक्तिको हातमा, छाती लगायतका ठाउँमा टोकेको उनले बताइन् । ‘साथीहरुले सुन्छन् कि भनेर चिच्याए, चिच्याउँदा मेरो मुख बुझ्यो’ ओठमा लागेको चोट देखाउँदै उनले भनिन् । बलात्कारपछि त्यो चिनेको भनिएको व्यक्ति पनि त्यतै छेउमा बसेको र जाने बेलामा सँगै स्कुटी चढेर गएको उनले बताइन् । बलात्कार गर्ने व्यक्ति र बलात्कार गर्नमा सहयोग गर्ने व्यक्ति फरार रहेका छन् । उनीहरुको खोजी कार्य जारी रहेको कोहलपुर प्रहरी प्रमुख डिएसपी सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।

प्रकाशित मितिः बिहिबार, भदौ ९, २०७३     9:32:43 AM  |