27 April 2024  |   शनिबार, बैशाख १५, २०८१

जेष्ठ पत्रकार सम्मानित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ ४, २०७३  

कोहलपुर, भदौ ४
नेपाल पत्रकार महासंघले बाँकेका ४ जना जेष्ठ पत्रकारलाई शुक्रबार सम्मान गरेको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा केन्द्रले सुरु गरेको सामाजिक सुरक्षा कार्यक्रमम अन्तरगत राजधानी भन्दा बाहिर बाँकेमा पहिलो पटक पत्रकारीतामा ३० वर्ष काम गरेका र ६५ वर्ष उमेर पुगेका पत्रकारहरुलाइ मासिक रुपमा एक हजारका दरले प्रत्येक वर्ष वार्षिक १२ हजार रुपैँया दिने गरी सम्मान गरेको हो । सम्मानित हुने जेष्ट पत्रकारहरुमा प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता, गणेश जि सी, राम गोपाल वैश्य र बासुदेव श्रेष्ठ रहेका छन् । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष महेन्द्र विष्ट, केन्द्रिय कोषाध्यक्ष सुर्यमणि गौतम लगायतले उनीरुलाई दोसल्ला, ढाका टोपी र नगद सहित सम्मान गरेका हुन् । जेष्ठ पत्रकार सम्मान कार्यक्रममा बोल्दै पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्टले यो सानो सुरुवात भएकाले आगामी दिनमा यसको रकम बाउन सकिने बताए । पछिल्लो समय पत्रकारको परीक्षा लिने भन्ने विषयमा महासंघका अध्यक्ष डा विष्टले पत्रकारीतामा, मापदण्डमा र प्रक्रियामा समस्या रहेको भन्दै त्यसको उपचार गर्नुपर्ने तर समस्या एका तिर उपचार अर्का तिरको कुरा परिक्षा आएको बताए । यसैबिच नेपाल पत्रकार महासंघले भूकम्पबाट ज्यान गुमाएका सञ्चार उद्यमी अच्यूत सुवेदीकी धर्मपत्नी मालती शर्मालाई ५० हजारको चेक हस्तान्तरण गरिएको छ । पत्रकार महासंले हस्तान्तरण गरेको ५० हजार रुपैयाँको चेक श्रीमती मालती शर्माले स्वर्गीय अच्यूतराज सुवेदीको नाममा रहेको कोषका सचिव झलक गैरेलाइ हस्तान्तरण गरेका थिए । विपत विरुद्ध साहसिक पत्रकारिता पुरस्कार स्थापना गरेकाले उक्त रकम सो कोषमा जम्मा हुने कोषका सचिव गैरे जानकारी दिए ।

प्रकाशित मितिः शनिबार, भदौ ४, २०७३     9:41:22 AM  |