25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

लुट्न खोज्ने पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ ४, २०७३  

कोहलपुर, भदौ ४
चिसो पेयपदार्थमा नशालु पदार्थ पदार्थ हाले खान दिएर पैसा लुट्न खोज्ने एक व्यक्तिलाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ । शनिबार अपरान्ह ४ बजे कोहलपुर चौराहास्थित सुर्खेती होटलमा बाग्लुङ्गका ४० वर्षिय मोतिलाल घर्तीलाई लठ्ठ बनाउने औषधी खुवाई पैसा लुट्ने क्रममा कैलाली टिकापुरका ५३ वर्षिय बमबहादुर रोकायालाई कोहलपुर प्रहरीले पक्राउ गरेको हो ।  घर्तीसँग भएको ५२ हजार रुपैंया लुट्दै गर्दा होटलका साहुले समातेर प्रहरीमा खबर गरेपछि कोहलपुर प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो । घर्तीको मेडिकल कलेज कोहलपुरमा उपचार भैरहेको छ भने एकजना व्यक्ति फरार रहेका छन् । भारतको हरिद्वाराबाट तीनजना नेपाल आएका थिए ।

प्रकाशित मितिः शनिबार, भदौ ४, २०७३     9:39:00 AM  |