बाँसगढीमा बजार अनुगमन े



राबन विश्वकर्मा
बाँसगढी, भदौ २
बाँसगढी नगर क्षेत्रका बिभिन्न बजारहरुमा मंगलबार संयुक्त अनुगमन गरिएको छ । ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख महेन्द्रजंग शाहीको नेतृत्वमा बाँसगढी, ककौरा, माछागढ लगायतका बजारहरुमा अनुगमन गरि विभिन्न म्याद नाघेका र अबैध रुपमा भित्रिएका सुर्ति जन्य पदार्थहरु र मिति उल्लेख नभएका समानहरु जफत् गरी नष्ट गरिएको छ । किराना पसल, होटेल, कस्मेटिक, कोल्ड स्टोर, मेडिकल, सु–सेन्टर र ग्याँस डिलर गरी २३ ओटा पसलहरुका म्याद नाघेका, अबैध रुपमा भित्रिएरका सुतिजन्य पदार्थ र उत्पादन मिति नभएका केही खाद्य सामाग्रीहरु, श्रंगारका सामाग्रीहरु औषधी लगायत जफत गरि नष्ट गरेको हो । अनुगमन टोलीमा राष्ट्रिय उपभोक्ता मञ्च जिल्ला अध्यक्ष बिष्णु तिमेल्सेना, घरेलु तथा साना उद्योग कार्यालयका पुस्कल थापा लगायत बाँसगढी नगरपालीका, बाँसगढी उद्योग बाणिज्य सँघ बाँसगढी, ईलाका प्रहरी कार्यालय मोतिपुर, स्वास्थ्य चौकी मोतिपुर, कृषि सेवा केन्द्रका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७३ भदौ २ गते बिहीबार