अन्नपूर्ण बस अब ठाकुरद्वारा–काठमाडौं



कोहलपुर, भदौ १
नेपालगञ्ज–काठमाडौं संचालनमा आइरहेको ‘अन्नपूर्ण एयर सस्पेन्सर एसी बस’ अब बर्दियाको ठाकुरद्वारा–काठमाडौं पनि संचालन हुने भएको छ । पूर्वपश्चिम यातायात व्यवसायी समितिले संचालन गरिरहेको सो बस आज भाद्र १ गतेदेखि ठाकुरद्वारा–काठमाडौं पनि संचालन हुने भएको हो । मंगलबार पूर्वपश्चिमका कोषाध्यक्ष देवराज गिरी र अन्नपूर्ण पोष्टका बिनय कोइरालाबीच सम्झौता भएपछि ठाकुरद्वाराबाट पनि सेवा दिन थालिएको हो ।

14060201_1203482616349746_567199710_o

पहिलो बस आज बुधबार साँझ ६ बजे ठाकुरद्वाराबाट छुट्ने कोषाध्यक्ष गिरीले बताए । सम्झौता अनुसार डायल सिस्टम मार्फत नेपालगञ्जबाट पनि सो बस संचालन हुनेछ । यात्रुको मागअनुसार ठाकुरद्वारा–काठमाडौं सेवा संचालन गर्न लागेको कोषाध्यक्ष गिरीले बताए । संचालनमा ल्याउन लागिएको सो बस अत्याधुनिक भएको गिरीको भनाई छ ।

  • No tags available
प्रकाशित मिति : २०७३ भदौ १ गते बुधबार