20 April 2021  |   बुधबार, बैशाख ८, २०७८

सर्पले डस्दा गर्भवतीको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन ३२, २०७३  

बर्दिया, साउन ३२
सर्पको डसाईबाट एक गर्भवती महिलाको मृत्यु भएको छ । बर्दिया गुलरिया १४ की २८ वर्षिया वासमती चौधरीको सर्पको टोकाईबाट मृत्यु भएको हो । मृतक चौधरीको गर्भमा ९ महिनाको बच्चा रहेको र साउन २८ गते सुत्केरी हुने समय दिइएको थियो । जिल्ला अस्पताल बर्दियामा सुत्केरीहरुको सुसारेको रुपमा काम गर्दै आएकी चौधरी अस्पतालकै क्वाटरमा सुत्ने क्रममा सर्पले डसेको थियो । नन्द भाउजु सँगै सुतेका बेला झुलभित्र रहेको सर्पले डसेको पारिवारिक श्रोतले जनाएको छ । गर्भवती चौधरीलाई विषालु करेत सर्पले टोकेको जिल्ला अस्पताल बर्दियाका डाक्टर अर्जुन भट्टले बताए । उनलाई २४ भाईल एन्टी स्नेक भेनम लगाइएको  थियो ।

प्रकाशित मितिः मङ्लबार, साउन ३२, २०७३     9:55:34 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *