24 February 2021  |   बिहिबार, फाल्गुन १३, २०७७

नयाँ शक्तिको जिम्मेवारी बाँडफाँड

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन ३२, २०७३  

कोहलपुर, साउन ३२
नयाँ शक्ति बाँके क्षेत्र नं. १ को संयोजकमा मानबहादुर रोकाया चयन भएका छन् । सोमबार बसेको बैठकले उनको संयोजकत्वमा ३१ सदस्यीय क्षेत्रीय समिति गठन गरेको हो । बैठकले भुगोलका आधारमा जिम्मेवारी पनि बाँडफाँड गरेको छ । कोहलपुर नगरपालिकाका वडा नं. १ र २ मा बुद्ध सुनार, ३ माधव अधिकारी र फारुक खाँ, ५ र ६ मा श्रीमान थापा, ७ र ८ मा धनप्रसाद धिताल, ९ र १० मा पिनु थापा, ११, १२ र १३ मा कृष्ण राना क्षेत्रीलाई जिम्मेवारी दिइएको छ । त्यस्तै कोहलपुर नगरपालिकाको जिम्मा कृष्ण राना क्षेत्रीलाई दिइएको छ । महादेवपुरी गाविसको जिम्मा रमेश खनाल, कचनापुरमा झुपबहादुर विष्ट, कुसुममा शोकबहादुर बिक, बिनौना र फत्तेपुरमा मानबहादुर रोकाया र दुर्गा चौधरी, सम्शेरगञ्जमा बिजय थापाले जिम्मेवारी पाएका छन् ।

प्रकाशित मितिः मङ्लबार, साउन ३२, २०७३     9:54:34 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *