6 December 2023  |   बुधबार, मंसिर २०, २०८०

उचित पार्किङ स्थल नहुँदा  ट्राफिक व्यवस्थापनमा समस्या

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन २९, २०७३  

रावन विश्वकर्मा
बाँसगढी, २९ साउन
बर्दियाको बाँसगढीमा सवारी साधनहरुको उचित पार्किङ स्थान नहुदा समस्या देखिएको छ । बर्दिया जिल्लाकै बिकसित बजारको रुपमा चिनेने बाँसगढी बजारमा सवारी साधन बिसाउनीको लागी बसपार्क नभएको अबस्थामा सवारी साधन जथाभाबी पार्किङ गर्नाले बिभिन्न समस्या देखिएका छन । पुर्ब पश्चिम महेन्द्र राजमार्ग सँगै जोडिएको बाँसगढी बजारमा पार्किङ नहुदा लामो तथा छोटा दुरीका सवारी साधनहरुले जथाभावी पार्किङ गर्ने र यात्रुहरुलाई चढाउने ओर्लाउने गर्दा सवारी दुर्घटनाको जोखिम रहेको बासगढी उद्योग वाणिज्य सँघ बाँसगढीका अध्यक्ष कटक बिसीले बताए । उनले अहिले अस्थायी रुपमा सार्बजनिक शौचालय अगाडी पार्किङ गर्ने बाताबरण बिताउने सरोकार निकायहरु सबैको सोच भएको बताए । त्यस्तै भेरी अञ्चल बस व्यवसायी समिति बाँसगढी उपशाखा कार्यालयका ईन्चार्ज लिलाधर शर्मा पौडेलले गाडीको संख्या दिन प्रतिदिन बढिरहको अबस्थामा यात्रुलाई चर्दा झर्का अपठ्यारोका साथै दुर्घटना हुन सक्ने बताए । उनले बस पार्कको लागी नगरपालीकाले छुटै जग्गा छुट्याएर बस पार्क निर्माण गर्नु पर्ने नभए व्यवस्थित पार्किङ स्थल निमार्ण गरी व्यवस्थित बनाउनु पर्ने बताए । उता ईलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी नायव निरिक्षक रबिलाल अस्लामीले सवारी साधनको उचित पार्किङ स्थल नहुदा ट्राफिक व्यवस्थापनमा समेत समस्या देखिएको बताए । उनले सवारी साधनले जथाभावी रोक्ने पार्किङ गर्नाले दुघटना हुनसक्ने भन्दै प्रहरी र ट्राफिक प्रहरीले उचित काउन्सिलिङ गरिहेको बताए ।

20160812_134416

राजमार्गमा लामो तथा छोटा दुरीका सवारी साधनहरु ओहोर दोहोर गर्ने, साईकल तथा पैदल यात्री पनि ओहोरदोहोर गर्ने भएकाले दुर्घटना हुने खतरा छ । रागमार्ग अन्र्तगत बजारको मेनचोकको पश्चिम दक्षिण साईडमा जिप, अटो रिक्सा, पुर्बको उतर साईडमा जिप रोक्ने गरेको र लामो दुरीका सवारी साधन पनि रोडको केही दायाँ बायाँ रोकेको देखिन्छ ।त्यस्तै सड्कको वरिपरि खाल्डा खुल्डी परेकाले यो बर्षातकोसमयमा झनै पैदल यात्रीलाई आवतजावत गर्न बढी समस्या देखिएको छ । सड्कको २५ मिटर वरिपरी घुम्ती टहरा भएकाले पनि बजार अस्थव्यस्त र फराकिलो हुन सकिरहेको छैन । बजारको उचित व्यवस्थापन हुन नसक्दा बजार दिनप्रतिदिन फोहोर र कुरुप बन्दै गएको छ ।

प्रकाशित मितिः शनिबार, साउन २९, २०७३     12:19:58 PM  |