24 September 2023  |   सोमवार, अशोज ८, २०८०

स्थानीयद्वारा ल्याण्डफिल्ड साइड प्रयोगमा रोक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, साउन २८, २०७३  

भगतराम थारु
नेपालगञ्ज, २8साउन
नेपालगन्ज उप–महानगरपालिकाले बर्षौ देखि प्रयोग गर्दै आएको ल्याण्डफिल साईड बिहीबारबाट स्थानियले प्रयोग गर्नमा रोक लगाएका छन् । नगरमा भएको फोहर नेपालगन्ज उपमहानगरपालिका १७ बुलबुलिया भन्ने ठाउँमा विसर्जन गर्दै आएको थियो । नेपालगन्जको मुहार कतियो सुधारोन्मुख भएपनि नगरका फोहर ल्याण्ड गर्ने ठाउँको दुर्दशा जस्ताको त्यस्तै रहेको स्थानीयको आरोप छ । बारम्बार स्थानीयले ल्याण्डफिल गर्ने ठाउँ ज्यादै फोहर भएको कारण त्यस क्षेत्रका बासिन्दालाई सरुवा रोग तथा बस्न समेत गाह्रो भएको भन्दा समेत नेपालगन्ज उपमहानगरपालिकाले केही सुनवाई नगर्दा बाध्यता बस नगरका फोहर फाल्न नदिएको स्थानीयले बताएका छन् । नेपालगन्ज नगरका सरकारी तथा निजी क्षेत्रका सम्पुर्ण फोहर बुलबुलीया क्षेत्रमै फालिने गरेको कारण स्थानीयहरु बारम्बार विरामी पर्ने गरेको स्थानिय गुड्डु खाँले बताए । नगरका फोहर फाल्ने ठाउँ निजी जग्गा भएको कारण र नगरलाई सफा बनाउन नगरपालिकाले नै चासो नदिएको स्थानीयले गुनासो गरेका छन् । फोहरले त्यसक्षेत्रका वासिन्दा नै दुर्गन्धित हुन थालेपछि बाध्यतावस एक दिन अगाडी फोहरफाल्न आउने व्यक्तिहरुलाई जानकारी गराएको स्थानिय खाँले बताए । बिहानै संकलन गर्ने नगरपालिकाको फोहर बिहीबार पनि फाल्न त्यहि पुगेपछि स्थानियले फाल्नमा रोक लगाएका हुन् । फोहोर फाल्न पुगेका दुई ट्याक्टर र केही ठेला स्थानीयले नगरपालिकामै फिर्ता गराएको नेपालगन्जमा कार्यरत कमलेस बाल्मिकीले बताए ।

13987187_1844215159135098_188658656_o
बारम्बार नगरपालिकासंग फोहर व्यवस्थापनको लागि सम्झौता गरेर पनि व्यवस्थापनतिर नगरपालिकाले चासो नदिएको उनिहरुको गुनासो रहेको छ । कहिले ३ महिनाको समय सम्झौता गर्ने माग्ने त कहिले के भनेर समय माग्ने गरेरै समय टार्ने काम गरिरहेको स्थानिय अगुवाहरुको भनाई छ ।
नेपालगन्जमा उत्पादित फोहरमैला बुलबुलियाका स्थानियवासी तथा जग्गाधनीले फोहरफाल्न नदिएपछि नेपालगन्ज उपमहानरपालिका भित्र रहेको फोहर फाल्न पुगेका फोहरमैला कर्मचारीले फिर्ता ल्याएका थिए । नेपालगन्ज उपमहानगरपालिका भित्रबाट निस्कने फोहरलाई व्यवस्थापन गर्न हिरमिनिया स्थित जग्गा किनेर ल्याण्ड फिल साईड बनाउने कार्य हुने भएको र त्यसमा केही समय लाग्ने भएकै कारण बषौं देखि प्रयोग गर्दै आएको फोहर फाल्ने ठाउँ प्रयोग गर्दै आएको नेपालगन्ज उप–महानगरपालिकाका कार्यालयका सरसफाई निरिक्षक अशोक केसी बताए ।
सरसफाई निरिक्षक केसीले नेपालगन्ज नगरपालिकाले बनाउन लागेको ल्याण्डफिल साईड नबनुन्जेलसम्म केही दिनको लागि त्यही जग्गा प्रयोग गर्न लिखित माग गरिने जानकारी दिए । नगरबाट निस्केको फोहर फाल्न बुलवुलियाका स्थानियले नदिएपछि नेपालगन्ज भित्रको फोहर नगरपालिका भित्रै ट्याक्टर तथा रिक्सा ठेलामै रहेको छ ।

प्रकाशित मितिः शुक्रबार, साउन २८, २०७३     11:51:52 AM  |