10 September 2024  |   मङ्लबार, भदौ २५, २०८१

समाचारमा संवेदनशिलता अपनाउनुपर्ने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, साउन २८, २०७३  

कोहलपुर, साउन २८
पत्रकारले आफूले लेख्ने समाचारमा संवेदनशीलता अपनाउनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । विशेष गरी आन्दोलनका क्रममा पत्रकारहरु माथि आक्रमण हुने भएकाले पत्रकारले लेख्ने समाचारहरुमा संवेदनशीलता अपनाउनुपर्ने उक्त कार्यक्रमका सहभागी पत्रकारहरुले जोड दिएका हुन् ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष सुरेश आचार्यको संयोजकत्वमा नेपालगन्जमा बिहीबार आएको केन्द्रिय मिसन टिमले बाँकेका पत्रकारहरुसंग मधेस आन्दोलनका क्रममा पत्रकार माथी भएका आक्रमणका विषयमा अन्तरक्रिया गर्दै उक्त कुरामा जोड दिएको हो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष तथा पश्चिम मिसन टिमका संयोजक सुरेश आचार्यले आन्दोलनका क्रममा होस् या कुनै अन्य कुनै पनि समयमा पत्रकारले आफ्नो सुरक्षाका विषयमा ध्यान पु¥याउनुपर्ने बताए । पत्रकारले आफ्नोे समाचार तथ्य नै भएपनि त्यसको शैलीका कारण धम्की र आक्रमण खेप्नु परिरहेको भन्दै पत्रकारले आफ्नो मर्यादा र व्यवसायीक पेशालाई बिर्सन नहुने बताए । मधेश आन्दोलनका क्रममा मात्रै नभई जनआन्दोलनका क्रममा पनि पत्रकार तथा मिडियाहरु माथि आक्रमण भैरहेकाले पत्रकारले गर्न हुने र गर्न नहुने आचार संहिताहरुका विषयमा सचेत हुन आवश्यक रहेको न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सल्लाहाकार पोषण के सीले बताए । आन्दोलनका क्रममा आन्दोलनरत पक्षले पत्रकार र प्रेस जगतलाई आक्रमण गर्दा चर्चामा आउने परिपाटिका कारण पनि प्रेस जगत आक्रमणको सिकार भैरहेको सहभागी पत्रकारहरुले बताएका थिए ।

प्रकाशित मितिः शुक्रबार, साउन २८, २०७३     11:48:32 AM  |