कोहलपुर, साउन २७
आर्थिक वर्ष ७२÷७३ को तेस्रो चौमासिक तथा बार्षिक प्रगति समीक्षा गोष्ठी बुधबार देखि नेपालगञ्जमा शुरु भएको छ । क्षेत्रीय पशु सेवा निर्देशनालय सुर्खेतको आयोजनामा शुरु भएको दुई दिने गोष्ठीमा सहभागी हुन मध्यपश्चिमका १५ जिल्लामा कार्यरत पशुसेवा कार्यालयका प्रमुख प्रतिनिधि, पशुपंक्षी क्षेत्रमा काम गर्ने अन्य विभिन्न निकायका प्रतिनिधिहरु आएका छन् ।
गोष्ठीमा पहिलो दिन भएको प्रस्तुति विवरण अनुसार ८० प्रतिशत भन्दा बढी क्षेत्रीय प्रगति भएको देखिएको छ । कार्यक्रममा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, क्षेत्रीय पशु सेवा निर्देशनालय सुर्खेतका क्षेत्रीय निर्देशक किशोर कुमार कायस्थ, पशुपंक्षी बजार प्रवद्र्घन निर्देशनालयका केन्द्रिय सुपरिवेक्षक डा. बलराम थापा, क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतका उपक्षेत्रीय प्रशासक नरबहादुर खड्का, पशुपंक्षी वजार प्रवद्र्घन निर्देशनालयका डा.बलराम थारु लगायतले गोष्ठीको सफलताको शुभकामना दिएका थिए ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन २७, २०७३