कोहलपुर, साउन
चारबर्षअघि नेपालगन्जबाट एक युवकको अपहरण गरी भारतमा पु¥याएर हत्या गर्ने मध्येकी एक महिलालाई बा“के प्रहरीले पक्राउ गरेको छ । भारतमा पु¥याएर फिरौती रकम लिएर हत्या गर्ने नेपालगन्ज २३ ईन्द्रपुरकी सुष्मा बर्मालाई बेलभारबाट प्रहरीले मंगलबार पक्राउ गरेको हो । अपहरणपछि हत्या गरेको विषयमा पुनरावेदन अदालत नेपालगञ्जले अदालतले ९ लाख ५० हजार जरिवाना र ८ बर्ष ११ महिना १ दिन कैद सजाय सुनाएको थियो । पछि जरिबाना तिर्न नसकेपछि चारबर्ष कैद सजाय थपिदा १२ बर्ष ११ महिना १ दिन कैद सजाय तोकिएको हो । पुनरावेदन अदालतले २०७२ जेठ १० गते फैसला गरेको थियो । सुष्मासहित ७ जनाले २०६९ साल असार २६ गते नेपालगन्ज १० त्रिभुवन चौकका २२ बर्षिय मुन्नु भनिने मोहम्मद अमिर अन्सारीलाई अपहरण गरी भारतमा पु¥याएका थिए । अन्सारीको अपहरणपछि हत्या अभियोगमा यसअघि नै ५ जना पक्राउ परिसकेका छन् । सुष्मा पक्राउ परेपनि अझै निजामुद्धिन शेष फरार रहेको जिल्ला प्रहरी कार्यालय बा“केका प्रमुख एसपी टेकप्रसाद राईले जानकारी दिए ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, साउन २६, २०७३