8 March 2021  |   मङ्लबार, फाल्गुन २५, २०७७

मौसम परिवर्तनसँगै बिरामीको चाप बढ्यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन २४, २०७३  

भगतराम थारु
कोहलपु, साउन २४

मौसम परिवर्तनका कारण बाँकेका अधिकांश अस्पतालहरुमा विरामीको चाप बढिरहेको छ । मध्य र सुदुरपश्चिमका २४ जिल्ला र छिमेकी मुलुक भारतका विभिन्न जिल्लाबाट उपचारका लागि आउने भेरी अञ्चल अस्पतालमा वर्षाका कारण मौसममा आएको परिवर्तन संगै अस्पतालमा विरामीको चाप बढेको अस्पतालले जनाएको छ ।  केही समय अगाडि वर्षाका कारण जमेको पानी पानीको धारा र पिउने पानीमा मिसिइ दुषित भएकाले सोहि पानी सर्वसाधारणले पिएका कारण भाइरलका विरामी धेरै बढेको अस्पतालहरुले जनाएको छन् । दुषित पानीका कारण टाउको दुख्ने, ज्वरो आउने, रिगंटा लाग्ने जस्ता लक्षणहरु देखिए पछि उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल अस्पताल नेपालगन्जमा आएको बर्दियाका फुलराम चौधरी बताए । बिरामीको चापका कारण पालो कुर्दाकुर्दै दिन बित्ने गरेको गुनासो समेत गरे । भाइरल ज्वरो, टाइफाईड जस्ता रोगका बिरामीहरुको संख्या अत्यधिक रहेका कारण लामो समय लाइनमा बस्दा समेत स्वास्थ्य सेवा नपाएको बिरामीहरुको गुनासो छ ।
भाईरलका मात्रै नभै झाडापखाला, टाईफाइड, श्वासप्रश्वास, सिबीए सम्बन्धी विभिन्न खाले रोगका संक्रमणहरु बढी भेटिएको भन्दै कतिपय संक्रमणका लागी प्रयोग गरिने अन्टिबायोटिक औषधीले समेत काम नगरेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल अस्पताल नेपालगन्जका इमरजेन्सीका .सलमा निजामले बताए । उनका अनुसार बिरामीको चाप बढेपछि करिव ३ दर्जन जति थप अस्पतालमा सैयाहरु बढाइएको जानकारी दिए । बाँकेमा रहेका मेडिकल कलेज कोहलपुर, मेडिकल कलेज नेपालगन्ज, नेपालगन्ज भेरी अंचल अस्पताल, जिल्लाका विभिन्न स्वासथय चौकी, निजी मेडिकलहरुमा बिरामीको चाप बढेको छ । भाइरल रोगको स्क्रप टाइफस नामक संक्रमणबाट हुने भनी यसअघि काठमाडौँको एक अस्पतालले पत्ता लगाएको थियो । बाँकेमा यस बाट प्रभावित हुनेहरुको संख्या बढ्दै गएको छ । यो संक्रमणबाट बच्न पानी उमालेर पिउने, खानपान र स्वास्थ्य सरसफाईमा ध्यान दिनु पर्ने भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर श्याम सुन्दर यादवले बताए । दुषित पानीका कारण संक्रमण बढेकाले पानी उमालेर मात्रै पिउनुपर्ने, बासी सडे गलेका खानेकुराहरु खान नहुने , माछा मासु राम्रोसंग उमालेर मात्रै खानुपर्ने चिकित्सकहरुको सुझाव छ ।

प्रकाशित मितिः सोमवार, साउन २४, २०७३     2:44:08 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *