मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, साउन २३, २०७३
कोहलपुर, साउन २३
महिलाहरु अब फिल्ड मै लडेर नेतृत्व लिन सक्नुपर्ने एक कार्यक्रमका सहभागी महिलाहरुले जोड दिएका छन् । शनिबार नेपाल राष्ट्रिय वाणिज्य संघ बाँकेको महिला भेलामा उनिहरुले यस्तो जोड दिएका हुन् । महिलाहरुलाई जहिले पनि पुरुषहरुले पछाडी पारिरहेको भन्दै अब देशका ठुला ठुला संस्था तथा राजनीतिक नेतृत्व गर्ने क्षमतामा समेत महिलाहरुले अगुवाई गर्ने उनिहरुले बताए । नेपालगन्जमा महिला भेलाको आयोजना गरि नेकपा एमाले निकट समावेशी साझा समूहले आफ्नो प्यानललाई विजयी गराउन प्रचार प्रसारलाई तीव्रता दिएको छ । समावेशी समूहबाट अध्यक्षमा कपिल प्रसाद अधिकारी र उद्योगतर्फ उपाध्यक्षमा रचना श्रेष्ठ र बाणिज्यतर्फको उपाध्यक्षमा तनविर जमाल हलवाईले प्रतिस्पर्धामा उतारेको छ ।