28 February 2021  |   आइतवार, फाल्गुन १६, २०७७

बाँसगढीको विकासमा एकतावद्ध भएर लाग्नुपर्नेमा जोड

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन २२, २०७३  

राबन विश्वकर्मा
बाँसगढी, साउन २२
बाँसगढी बजारको विकास र व्यवस्थापनका लागि एकताबद्ध भएर आफै लाग्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । विगतका दिनहरुमा बाँसगढी बजारलाई व्यवस्थित, सफा र सुन्दर बनाउन औपचारिक र अनौपचारिक रुपमा थुपै निर्णय भएपनि बाँसगढी बजारको विकास र व्यवस्थापन भन्दा झन् कुरुप बन्दै गरेकोे भन्दा योजनाको साथमा एकताबद्ध ढंगले अगाडि बढ्ने निष्कर्ष निकालेका छन् । शुक्रबार बाँसगढी उद्योग बाणिज्य संघ बाँसगढीको आयोजनामा भएको बाँसगढी बजारको व्यवस्थापन र सुदृढीकरण सम्बन्धी छलफल कार्यक्रमका सहभागीहरुले बाँसगढी बजार र बाँसगढी क्षेत्रलाई नै सफा, स्वच्छ र सुन्दर नगर बनाउन आ–आफ्नोतर्फबाट पहल गर्नुपर्नेमा जोड दिइएको हो । कार्यक्रममा सहभागीहरुले बाँसगढी बजारको बिकास र व्यवस्थापनका उपायहरुका बारेमा आफना सुझाव राखेका थिए ।

1111

छलफलमा तत्काल बाँसगढी बजारमा राजमार्गको २५ मिटर वरिपरि रहेका अव्यबस्थित टहराहरुलाई हटाउन उद्योग बाणिज्य संघले सूचना जारी गरी जानकारी गराउने र अव्यबस्थित घरटहराहरुलाई हटाउन, ढल निकास, फोहोर व्यवस्थापन, ट्र«ाफिक व्यवस्थापन लगायत सुन्दर बाँसगढी बनाउन बाँसगढी नगरपालीकाले केही दिन भित्र सर्वपक्षिय बैठक बोलाई आधिकारीक निर्णय गर्ने जानकारी गराइएको छ । कार्यक्रममा ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख महेन्द्रजंग शाही, बाँसगढी नगरपालीकाका कार्यकारी प्रमुख बखतबहादुर खड्का, स्वास्थ्य चौकी मोतिपुरका प्रमुख सुरेशकुमार रेग्मी, ईलाका प्रहरी कार्यालय मोतिपुरका प्रहरी नायव निरिक्षक रबिलाल अस्लामी, बिभिन्न राजनितिक दलका प्रतिनिधी, समाजसेवी लगायतको सहभागिता रहेको थियो । बाँसगढी उद्योग बाणिज्य संघ बाँसगढीका अध्यक्ष कटक बिसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव गोबिन्द बरालले सञ्चालन गरेका थिए ।

प्रकाशित मितिः शनिबार, साउन २२, २०७३     1:00:49 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *