26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

ज्यालादारी मजदुरहरुको भेला सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, साउन २१, २०७३  

कोहलपुर, साउन २१
नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी क्षेत्रिय संघर्ष समितिको छैटौ क्षेत्रिय भेला विहीबार नेपालगञ्जमा सम्पन्न गरेको छ । भेलाको उद्घाटन गदै कार्यक्रमका प्रमुख अतिथी नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी क्षेत्रिय संघर्ष समितिका केन्द्रीय अध्यक्ष नरेन्द्र यादवले ज्यालादारी रुपमा काम गर्ने मजदुरलाई काम लगाउदा ऐन नियम हेर्नु नपर्ने तर क्षतिपूर्ति दिँदा विद्युत प्राधिरणले ऐन नियम खोज्नु ज्यालादारी मजदुर प्रति अन्याय गरेको बताए । यादवले कोहलपुरमा करेन्ट लागेर मृत्यू भएका सतिराम यादवलाई नियममा उल्लेख भए बमोजिम क्षतिपूर्ति नदिई न्यूनतम रकममा मुद्दालाई मिलाउन खोज्नु अन्याय भएको बताए । यस्तो गर्न खोजे आफुहरु कडा भन्दा कडा आन्दोलनमा जाने चेतावनी समेत दिए । नेपाल विद्युत प्राधिकरण क्षेत्रिय कार्यलय नेपालगञ्ज बाँकेका निमित्त क्षेत्रिय प्रमुख महेन्द्र प्रताप यादवले अस्थाइ कर्मचारीले विधुत प्राधिकरणको सेवा तथा कार्यमा महत्वपूर्ण काम गरेकाले उनीहरुको सेवा सुविधा दिने कुरामा पनि आफु गम्भीर हुने बताए । भेलाले साउन ९ गते करेन्ट लागि मृत्यू भएका सतीराम यादवलाइ २ लाख रुपैया नदिई ५ लाख रुपैंया दिनुपर्ने र परिवारको एक जनालाइ रोजगार प्रदान गनुपर्ने, घटनाको सत्यतथ्य छानविन गरी दोषीलाइ कारबाही गनुपर्ने, साउन १७ गते नेपालगञ्जमा करेन्ट लागेर घाइते भएका कल्लु शाहीको उपचार खर्च विद्युत प्राधिकरणले दिनुपर्ने र विदा अवधिको तलव पनि प्रदान गर्नुपर्ने, २४ घन्टे कामलाई हटाइ ८ घन्टा समय तोकिनुपर्ने जस्ता मागहरु भेलाले प्रस्ताव गरेको छ । भेलामा नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी क्षेत्रिय संघर्ष समिति बाँकेका संयोजक जनक शर्माको सभापतित्व भएको थियो ।

प्रकाशित मितिः शुक्रबार, साउन २१, २०७३     2:18:11 PM  |