8 March 2021  |   मङ्लबार, फाल्गुन २५, २०७७

क्षति नपुगेको प्रतिवेदन सार्वजनिक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, साउन २१, २०७३  

कोहलपुर, साउन २१
बाँकेको राप्तीपारी क्षेत्रमा ठूलो बाढी आएपनि कुनै क्षति नपुगेको प्रतिबेदनले देखाएको छ । बाढीपीडितहरुको उद्दारपछि जिल्ला प्रशासन कार्यालय, नेपाल रेडक्रस सोसाइटी, नेपाल प्रहरी र जिल्ला विकास समितिको अनुगमन पश्चात तयार पारिएको प्रतिबेदनले तत्काल कुनै प्रकारका राहत सामग्री वितरण गर्नुपर्ने अवस्था नरहेको देखाएको हो ।
बाढीबाट प्रभावित २ हजार घरपरिवार भने स्वास्थ्य समस्याबाट पीडित बनेकाले उनीहरुलाई सहज स्वास्थ्य सेवा प्रवाह गरिरहेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जगत बहादुर बस्नेतले बताए । सो क्षेत्रमा बिरामीहरुको संख्या बढ्दै गएकाले स्वास्थ्य शिविर नै राखेर सेवा दिने तयारी भइरहेको पनि उनले बताए । राहत विरतण निर्देशिका अनुसार प्रति घरपरिवार नगद ५ हजार, गैरखाद्य सामग्री र आवास निर्माणका लागि वनसंग समन्वय गरेर काठ उपलब्ध गराउने भएपनि बाँकेमा त्यस्तो क्षति नभएको अनुगमन टोलीले निष्कर्ष निकालेको छ तर बाढीपीडितहरुको तथ्यांक संकलन गर्ने क्रममा गैरपीडितहरुले पनि नाम लेखाउँदा तथ्यांक संकलनमा भने केही चुनौति आएको जिल्ला प्रशासन कार्यालयको भनाई छ ।

प्रकाशित मितिः शुक्रबार, साउन २१, २०७३     2:08:21 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *