19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

सरुवा रोगको संक्रमण बढ्दै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन २०, २०७३  

राबन विश्वकर्मा
बाँसगढी, साउन २०
बर्दियामा केहि दिन यता सरुवा रोगहरुको संक्रमण बढ्न थालेको छ । बर्दिया जिल्लाका बिभिन्न स्वास्थ्य चौकी तथा मेडिकलहरुमा केही दिन यता सरुवा रोगहरु, रुघाखोकी, ज्वरो, टाईफाईड, जन्डीस र पेट सम्बन्धी रोगहरुका बिरामीहरुको चाप बढेको छ । सामान्य अवस्थामा आउने बिरामी भन्दा यो समयमा बढी मात्रामा दुषित पानी र खानाको माध्यमबाट बिरामी भएका व्यक्तिहरु आउने गरेको स्वास्थ्यकर्मीहरुको भनाई छ । मोतिपुर स्वास्थ्य चौकीका ईन्चाज सुरेश कुमार रेग्मीले बर्षातको समयमा जमिनको सतहमुनि पानी गई धाराबाट आउने पानी दुषित हुने र पानी शुद्धिकरण नगरी पिउने बानीले सरुवा रोगहरुको संक्रमण हुने बताए । उनले यो समयमा धाराबाट आएको पानी शुद्धिकरण गरेर वा उमालेर पिउनु पर्ने र खानपिनमा पनि बढी ध्यान दिनु पर्ने बताए ।
स्वास्थ्य चौकीमा केही दिन यता समान्य रुघाखोकी, ज्वरो, जन्डीस लगायत भेट सम्बन्धीका बिरामी बढीमात्रामा आउने गरेको उनले बताए । रेग्मीले यो समयमा झाडापखाला, आउँ, हैजा, कमलपित्त, टाइफाइड, जुका, प्रोटोजोवा लगायत पेटसम्बन्धी रोगहरुको बढी संक्रमण हुन सक्ने भएकाले सजक रहन सबैलाई अनुरोध समेत गरेका छन् ।

प्रकाशित मितिः बिहिबार, साउन २०, २०७३     11:04:56 AM  |