कोहलपुर, साउन २०
कोहलपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले इलाका प्रशासन कार्यालयलाई कुर्सी तथा बेन्च हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रम गर्दै ६ वटा कुर्सी र २ वटा बेन्च हस्तान्तरण गरिएको हो । खानेपानीका अध्यक्ष नरबहादुर मल्लले इलाका प्रशासन कोहलपुरका प्रमुख दत्तराज हमाललाई सामाग्रीहरु हस्तान्तरण गरे ।

इलाका प्रशासनमा आउने सेवाग्राहीको सहजताका लागि कुर्सी तथा बेन्च हस्तान्तरण गरिएको खानेपानी अध्यक्ष मल्लले बताए । खानेपानी समिति उपाध्यक्ष एकनारायण चापागाईको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन सचिव प्रेम कटुवालले गरेका थिए ।
प्रकाशित मिति : २०७३ साउन २० गते बिहीबार









प्रतिक्रिया दिनुहोस्