20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

२५ उन्नत प्रविधि सिफारिस

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, साउन १९, २०७३  

कोहलपुुर, साउन १९
क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुराले विभिन्न २५ उन्नत प्रविधि सिफारिस गरेको जनाएको छ । धान, मकै, गहुँ, मसुरो, सिमी, अदुवालगायतका बिउ सिफारिस गरेको जनाएको हो । अनुसन्धान केन्द्रले मंगलवार खजुरामा आयोजना गरेको तेस्रो चौमासिक तथा वार्षिक प्रगति समीक्षा गोष्ठीमा केन्द्रका निर्देशक केशवबाबु कोइरालाले किसानका लागि उन्नत जातका बिउहरु सिफारिस गरिएको बताए ।  उनले राधा ४, सुगन्धित बास्मति धान, रामपुर हाइव्रीड–४ र ६ मकै, स्वर्गद्वारी र वाणगंगा गहुँ, कुपरकोट–२ अदुवा, आरएल ४ मसुरोलगायतका बिउ सिफारिस गरिएको बताए । उनले यी विभिन्न जातका बिउहरु रोगको संक्रमण सहन सक्ने, उत्पादन राम्रो हुने बताए । बिउको कारण ५० प्रतिशत उत्पादन बढ्ने बताउँदै किसानहरुले बिउ छनौटमा ध्यान दिनु पर्ने उनले बताए । ड्युरम  (डि. डब्लु. के. २६ र ३८) गहुँ, विएलजी मास, चेहराङ सव–१ धान, मुनाल गहुँ पनि सिफारिस गरिएको निर्देशक कोइरालाले बताए ।  कार्यक्रममा कृषि अनुसन्धान परिषद्का बाली तथा बागवानी निर्देशक यज्ञप्रसाद गिरीले कृषिले सिफारिस गरेका र उत्पादन गरेका नयाँ प्रविधिबारे किसानसम्म पु¥याउन संचारको महत्वपूर्ण भूमिका हुने भन्दै सहकार्य गरेर अगाडि बढ्ने बताए ।

प्रकाशित मितिः बुधबार, साउन १९, २०७३     10:18:47 AM  |