23 September 2021  |   बिहिबार, अशोज ७, २०७८

‘बृन्दावन’ को प्रमोशनमा सरसफाई

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन १७, २०७३  

कोहलपुर, साउन १७
आगामी भाद्र १७ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘बृन्दावन’ को प्रमोशन कार्यक्रम अन्तरगत आइतबार कोहलपुरमा सरसफाई कार्यक्रम गरिएको छ । चलचित्र बृन्दावनका निर्माता रुद्र खनालको नेतृत्वमा कोहलपुर चौराहा, न्यूरोड हुँदै दशविगाहा क्षेत्रमा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा वृन्दावनका कलाकारहरुको सहभागिता रहेको थियो । देशभरका ४४ वटा हलमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र बृन्दावनको प्रमोशनका कार्यहरुलाई तीव्रता दिइएको छ । प्रमोशनका कार्यक्रम अन्तरगत राजधानीमा मोटरसाइकल ¥याली, वृद्धवृद्धाहरुलाई खाना खुवाउने लगायतका कार्यक्रम गरिने निर्माता रुद्र खनालले जानकारी दिए । रुद्राक्ष फिल्मस् प्रा.लि. को ब्यानरमा बनेको चलचित्र ‘बृन्दावन’ मा किशोर खतिवडा, शिल्पा पोखरेल, दीपेन्द्र प्रकाश केसी, सुशिल पोखरेल, पुष्कर भट्ट, प्रकाश कंडेल, मेनका गिरी साथमा भारतबाट ल्याईएको बाँदरको आकर्षक अभिनय हेर्न सकिने उनले बताए । यस क्षेत्रमै छायाँकन गरिएको चलचित्र विशुद्ध प्रेमकथा, एक्शन तथा साइन्स एड फिक्सनलाई आधार बनाएर निर्माण गरिएको उनको भनाई छ ।
यस क्षेत्रमा छायाँकन गरिएको चलचित्रले सफलता हात पार्ने विश्वास निर्माण पक्षको छ । ‘बृन्दावनलाई दर्शकहरुले माया गर्नुहुनेछ भन्ने विश्वास लिएको छु’ निर्माता खनालले भने ।

प्रकाशित मितिः सोमवार, साउन १७, २०७३     12:47:18 PM  |