21 June 2021  |   सोमवार, असार ७, २०७८

करोड बढी राजश्व संकलन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन १७, २०७३  

कोहलपुर, साउन १७
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आर्थिक बर्ष २०७२÷७३ मा १ करोड ११ लाख ५९ हजार बराबरको राजश्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आर्थिक बर्ष २०७२÷७३ को अबधीमा जिल्लाभर ३५ हजार ७ सय ७६ जनालाई कारबाही गरेको जनाएको छ । ट्राफिक प्रहरीले नेपालगन्ज उपमहानगरपालीकामा मात्रै १२ हजार ४ सय ३६ जनालाई कारबाही गरेको छ भने नगर क्षेत्रबाट ३६ लाख ३३ हजार बराबरको राजश्व असुली गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक बिनोद कुमार उपाध्यले आर्थिक बर्ष २०७२÷७३ को अवधीमा १८ पुरुष ४ महिला र १ जना बालक गरि २३ जनाको मृत्यु भएको जानकारी दिए ।

ट्राफिक प्रमुख उपाध्यले जिल्लामा सञ्चालन गरिएको मापसे चेकजाँच बाट मात्रै ७७ हजार रुपैयाँ राजश्व संकलन गर्न सकिएको बताए । उनले सवारी नियम बिरुद्ध सवारी साधन चलाउने ६४ जनाको लाइसेन्समा प्वाल पारिएको जानकारी दिए । उपाध्यायले नगर भित्र सवारी दुर्घटना बढ्नुको मुख्य कारण नेपालगन्जमा रहेको सडकमा जथाभाबी डिभाईडर लगाईएका कारण र छाडा पशुचौपाया रहेको बताए । जनशक्ति अभावका कारण पनि नेपालगन्जका छाडा पशु चौपाया हटाउन नसकिएको बताउँदै ट्राफिक प्रमुख उपाध्ययले नेपालगन्ज उप–महानगरपालीकाको सहयोगमा आइतवार देखि नै छाडा पशु चौपाया हटाउने कार्यको थालनी गरिने बताए ।

प्रकाशित मितिः सोमवार, साउन १७, २०७३     12:31:13 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *