मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, साउन १६, २०७३
काहेलपुर, साउन १६
जिल्ला सहकारी संघ बाँकेले कोहलपुरमा नगर स्तरीय सञ्जाल गठन गरेको छ । शनिबार गरिएको गठन गरिएको सञ्जालको संयोजकमा लिलाधर पाण्डे रहेका छन् । त्यस्तै सदस्य सचिव हरिबहादुर आचार्य र सदस्यहरुमा जिल्ला संघमा आवद्ध कोहलपुर क्षेत्रका सम्पूर्ण सहकारी संस्थाहरु रहेका छन् ।
जिल्ला सहकारी संघ बाँके अध्यक्ष प्रेम सुवेदीको सभापतित्वमा भएको कार्यक्रम राष्ट्रिय सहकारी विकास बोर्डका केन्द्रीय संचालक समिति सदस्य देवबबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको थियो ।