21 June 2021  |   सोमवार, असार ७, २०७८

ब्राउनसुगरसहित चार पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, साउन १४, २०७३  

कोहलपुर, साउन १४
बाँकेमा लागु औषध ब्राउनसुगर सहित ४ जना व्यक्तिलाई प्रहरीले प्रक्राउ गरेको छ । भारतबाट ब्राउन सुगर लिएर फर्कंदै गरेका ४ जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो । प्रहरीले दिएको जानकारी अनुसार, विभिन्न परिमाणमा ब्राउन सुगर लिएर आउँदै गरेका ४ जनालाई पक्राउ गरिएको हो । ८ ग्राम ब्राउन सुगर सहित नेपालगञ्ज–१४ बाट धर्मेन्द्र सोनी र पेशकर खटिकलाई पक्राउ गरिएको छ । बागेश्वरी–२ का मोसिन खानलाई जमुनाहबाट २ ग्राम ब्राउन सुगरसहित र खजुराखुर्दका नन्कउ गडरियालाई ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेर कानुनी कारवाही अगाडि बढाइएको बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक टेक प्रसाद राईले जानकारी दिए । प्रहरी उपरीक्षक राईका अनुसार, जिल्ला प्रहरी कार्यालयबाट विशेष टोली नै बनाएर लागूऔषध कारोबार विरुद्धको अभियानलाई तीव्रता दिइएको छ ।

प्रकाशित मितिः शुक्रबार, साउन १४, २०७३     9:06:24 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *