18 May 2022  |   बुधबार, जेष्ठ ४, २०७९

बालबालिकाको सवालमा संचारकर्मीको भूमिका

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, साउन १४, २०७३  

कोहलपुर, साउन १४
बालबालिकाका सवालमा सञ्चारकर्मीहरु पनि अग्रसर भएर लाग्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । बिहीबार नेपालगन्जमा बालबालिकाका सवालमा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा पत्रकारहरुले बालबालिकाको सवालमा सबै सञ्चारकर्मीहरु अग्रसर भएर लाग्नुपर्ने बताएका थिए । नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्यले ऐन नियममा रहेर पत्रकाहरुले बालबालिका समाचार सम्प्रेषण गर्नुपर्ने बताए । मोफसलका पत्रकार र सञ्चार माध्यमले विभिन्न कारणले बालबालिकाका मुद्वाहरु उठाउन नसकेको उनले जिकिर गरे ।
बाँके युनेस्को क्लबको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । जिल्लामा बालबालिकाका मुद्दा र सञ्चारमाध्यमको भूमिकाका विषयमा पत्रकार जनक नेपालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मितिः शुक्रबार, साउन १४, २०७३     9:03:58 AM  |