8 March 2021  |   सोमवार, फाल्गुन २४, २०७७

नक्कली प्रहरी पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, साउन १४, २०७३  

कोहलपुर, साउन १४
कोहलपुरबाट एकजना नक्कली प्रहरी पक्राउ परेका छन् । प्रहरी भन्दै होटलहरुमा छापा मार्ने, पैसा उठाउने गरेको आरोपमा शम्शेरगन्ज ७ का २६ बर्षिय गोपाल खत्रीलाई शिक्षण अस्पताल कोहलपुर नजिकबाट कोहलपुर प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीको नाईके भन्दै कोहलपुरका विभिन्न ठाउँबाट गैरकानुनी रुपमा हंगामा मच्चाउँदै आएको सूचना आधारमा पक्राउ गरिएको कोहलपुर प्रहरी प्रमुख डिएसपी सुरेश प्रसाद काफ्लेले जानकारी दिए । डिएसपी काफ्लेका अनुसार विगत ४ महिनादेखि नक्कली प्रहरी बनेर पैसा उठाउने र धम्क्याउने गर्दै आएका थिए । अनुसन्धान जारी रहेको बताउँदै डिएसपी काप्mलेले अन्य व्यक्तिको संलग्नता रहेको हुन सक्ने बताए । कोहलपुर दशविगाहास्थित ‘गल्र्स होस्टेल’ अगाडिबाट सुरक्षागार्डसँग विवाद गरिरहेका बेला खत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘पुलिस हँु, गल्र्स होस्टेलमा छिर्न दिनुपर्छ भन्दै मापसे गरेर झगडा गरिरहेको अवस्थामा पक्राउ गरेका हौं’ इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नवराज पोख्रेलले बताए । सुरक्षागार्डले भित्र जान नदिएपछि खत्रीले सुरक्षागार्डको हातको औला समेत टोकेको प्रहरीको भनाई छ । घटनामा संलग्न एकजना अझैं फरार रहेको र खोजी कार्य जारी राखिएको प्रहरी निरीक्षक पोख्रेलले बताए । यसअघि पनि प्रहरीको घुमुवा भन्दै केही व्यक्तिले एक यार्सा व्यापारीसँग अढाई लाख लिएको बाहिर आएको थियो । त्यो घटनाको पनि अनुसन्धान जारी रहेको डिएसपी काफ्लेको भनाई छ ।

प्रकाशित मितिः शुक्रबार, साउन १४, २०७३     9:03:07 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *