27 January 2023  |   शनिबार, माघ १४, २०७९

पहलकदमी इर्मी कार्यक्रम सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन १३, २०७३  

कोहलपुर, साउन १३
समावेशी श्रोत व्यवस्थापन पहलकदमी इर्मी कार्यक्रम बुधबार नेपालगञ्जमा समापन गरिएको छ । कार्यक्रममा जिल्ला वन कार्यलय बाँकेका प्रमुख पुष्प बर्तौलाले इर्मी कार्यक्रम निश्चित अवधिको कार्यक्रम भए पनि वन संरक्षण, वन अतिक्रम न्यूनिकरण तथा स्थानिय उपभोक्तको जीवन स्तर उकास्नमा महत्वपूर्ण काम गरेको बताए । मितेरी सामूदायिक वनकी सदस्य जौसुधा ढकालले वन विकासमा तारबार र वनमा हुने द्धन्द व्यवस्थापन, कार्यलय व्यवस्थापनमा काम गर्न सिकाएकोले कार्यक्रम सकिए पनि आफुहरु लाभान्भीत भएको बताए । इर्मी कार्यक्रम बाँकेका ५ ओटा सामदायिक वनहरु कोहलपुरको मितेरी सामुदायिक वन उपोभोक्ता समिति, नौवस्ताको सुनगाभा सामुदायिक वन उपोभोक्ता समिती, साविकको रझेना गाविस हालको कोहलपुर नगरपालिकाको जन एकता मध्यवर्ती सामुदायिक वन उपोभोक्ता समिती,मनिकापुरको जय सरस्वती सामुदायिक वन समीती र हिरमीनियाको हजरत सामुदायिक वन उपोभोक्ता समितिमा सञ्चालन भएको थियो ।

प्रकाशित मितिः बिहिबार, साउन १३, २०७३     1:27:52 PM  |