25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

नेतृत्व विकास तालिम सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन १३, २०७३  

कोहलपुर, साउन १३
कोहलपुरमा सञ्चालित दुई दिने महिला नेतृत्व विकास तालिम बुधबार सम्पन्न भएको छ । नोबेल प्रि मन्टेश्वरी स्कुल कोहलपुरको आयोजना तथा एन आइ एल डी काठमाडौंको सहयोगमा सञ्चालित तालिममा १६ जना महिलाहरुको सहभागिता रहेको थियो । महिलाहरुको नेतृत्व क्षमतालाई विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ । तालिममा महिलालाई नेतृत्वका लागि मानसिक रुपमा तयार हुन, अवसर प्रदान गर्न र क्षमताको विकास गर्ने विषयमा प्रशिक्षण दिइएको थियो । तालिममा सहभागी महिलाहरुलाई उषा मल्ल सिंह र विकल प्रसाद शेरचनले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मितिः बिहिबार, साउन १३, २०७३     1:26:29 PM  |