20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

५५ हजार बढी उजुरी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, साउन ७, २०७३  

कोहलपुर, साउन ७
सत्य निरुपण तथा मेलमिलाप आयोगमा ५५ हजार बढी उजुरी परीसकेको सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य श्रीकृष्ण सुबेदीले बताएका छन् । संक्रमणकालीन न्यायका लागि द्वन्द्वपीडितहरुका उजुरी छानबिन प्रकृया र सरोकारवाला निकायको भूमिका बिषयक अन्तर सम्बाद कार्यक्रममा बोल्दै सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य श्रीकृष्ण सुबेदीले पीडितहरुले उजुरीका बिषयमा राम्रो संग जानकारी पाउन नसक्दा उजुरी संकलनमा केही कमी आएको बताए । उनले हाल सम्म आयोगमा ५५ हजार बढी उजुरी परेको बताउँदै सुरक्षा चुनौतीका बाबजुत पनि अहिले सम्म आएको उजुरी सन्तोषजनक रहेको बताए ।
उनले उजुरीको म्याद बढाउनका लागि पीडितहरुले नै अनुरोध गरेका कारण उजुरी लिने म्याद थप गरिएको जानकारी दिए । हाल सम्म परेका उजुरीको छानबिन गरेर पीडितलाइ न्याय दिलाउने पाटोमा आयोग कुनै पनि हालतमा पछी नहटने दाबि गरे । उनले पीडितलाई सम्मानका साथ न्याय दिलाउने र सत्य तथ्य पत्ता लगाएर न्याय दिलाउने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थ, राष्ट्रिय मानब अधिकार आयोगका क्षेत्रिय निर्देशक मुरारी खरेल, राजनैतिक दलका प्रतिनिधी, द्वन्द्वपीडितहरु पत्रकार, कानुन ब्यवसायी लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मितिः शुक्रबार, साउन ७, २०७३     12:59:35 PM  |