23 September 2023  |   शनिबार, अशोज ६, २०८०

सेक्युरिटी गार्डको आन्दोलन फिर्ता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन ६, २०७३  

कोहलपुर, साउन ६
सेक्युरिटी गार्डको काम गर्ने मजदुरहरुको ४ बँुदे माग सम्बोधन भएपछि आफ्नो आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् । लगातार चरणवद्ध रुपमा आन्दोलन पछि सेक्युरिटी मजदुरहरुको माग सुनवाई भएपछि आन्दोलनको कार्यक्रम फिर्ता लिएका हुन् ।करिव १९ दिनको लामो आन्दोलनपछि सेक्युरिटी मजदुरहरुको मागलाई सुनवाई गरिएको हो ।
मंगलबार राती अवेरसम्म जिल्ला प्रशासन कार्यालय बाँकेमा, श्रम कार्यालय र रिसर्च सेक्युरिटीका प्रतिनिधि, सेक्युरिटी मजदुरहरु विच बसेको बार्ताबाट मजदुरका मागहरु सहमती गर्ने सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् । विभिन्न मागलाई अगाडी बढाएका मजदुरहरुको ४ बुँदे माग सम्बोधन गर्ने सहमति भएपछि उनिहरुले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् । ४ बुँदे मागमा श्रम अदालतले गरेको फैसला रिसर्च सेक्युरिटी प्रालिले पुर्णरुपमा कर्यान्वयन गर्ने, मिति २०७३ जेठ महिना देखि मजदुरहरुलाई मासिक तलब भत्ता रु. ९ हजार ७ सय लागू गर्ने, नयाँ टेन्डरको सम्झौतामा रु. ९ हजार ७ सय कायम गर्ने, अन्य सेवा सुबिधाको हकमा रिसर्च सेक्युरिटी र मजदुरहरुको आपसी सहमति गर्ने लगायतका माग सम्बोधन भएको अखिल नेपाल सेक्युरिटी मजदुर संघ, नेपाल टेलिकम मुल ईकाइ नेपालगन्ज बाँकेका संयोजक बसन्त मल्लले जानकारी दिए । निरन्तर दवाव पछि आफुहरुको माग सम्बोधन भएकोमा मजदुरहरु खुसी देखिएका छन् । आफनो माग पुरा भएपछि उनिहरुले आन्दोलनका कार्यक्रम समेत स्थगित भएको जनाएका छन् । मध्यपश्चिम क्षेत्रका टेलिकम कार्यालयमा १ सय ५५ जना सेक्युरिटी मजदुरहरु कार्यरत रहेका छन् । असार १७ गतेदेखि सुरु गरिएको आन्दोलन साउन ४ गते राती ९ बजे टुङगो लागेको हो ।

प्रकाशित मितिः बिहिबार, साउन ६, २०७३     2:55:25 PM  |