18 January 2022  |   मङ्लबार, माघ ४, २०७८

५० देखि ७० लाख सम्म दुध बर्दियाबाट अन्य जिल्लामा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, साउन ५, २०७३  

बाँसगढी, साउन ५
केदारेश्वर दुग्ध उत्पादक सहकारी संस्था लि. बाँसगढीको मंगलबार उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला पशु सेवा कार्यालय बर्दियाका वरिष्ठ पशु विकास अधिकृत कृष्णकान्त न्यौपानेले बर्दिया जिल्लामा दुध बेचेर मासिक रुपमा करिब ५० देखि ७० लाख रुपैयासम्म बाहिरी जिल्लाबाट बर्दियाका किसानहरुको लागी भित्रिएको बताएका छन् । उनले बर्दियामा किसानहरुले प्रत्येक दिन करिब १६ हजार लिटर सम्म दुध संकलन गरिरहेको बताए । मानव स्वास्थ्यको लागी नभई नहुने प्रदार्थ दुध भए पनि दुग्ध उत्पादन गर्ने कृषकहरुमा व्यवसायी रुपमा भन्दा पनि घर निर्भाहमुखि रहेको वरिष्ठ कृषि विकास अधिकृत न्यौपानेले बताए ।
राष्ट्रिय दुग्ध उत्पादक सहकारी संघका सदस्य ईन्द्र लुईटेलले गुणस्तरिय दुध उत्पादनको लागी व्यवस्थित गोठ निमार्ण गर्नु पर्ने आवश्यकता औल्याए । उनले गोठ निमार्ण र व्यवसाय गर्नको लागी नेपाल सरकार र विभिन्न संस्थाहरुले अनुदानका कार्यक्रम दिईरहेको र त्यस्ता कार्यक्रमहरुलाई खोजि गर्न आग्रह गरे । उनले भने हामी खुट्टा हल्लाएर बजार बसेर चियाँ खाएर बस्ने होईन घर गोठमा गाँई भैसी पालेर बिहान भाडाँ हालेर बिहान बेलुका दुध डेरीमा हालेर फर्किने बेलामा खुट्टा हल्लाएर चिया खाएर घर फर्किने हो । कार्यक्रममा संस्थाका अध्यक्ष काशिराम पौडेलले संस्थाको भावि कार्ययोजना प्रस्तुत गर्दै उन्नत जातका गाई भैसी पाल्ने कृषकहरुको जिबन स्तर उकास्ने, किसानहरुले उत्पादन गरेको दुध खरिद गरी दुधबाट विभिन्न खाद्य पदार्थ बनाउने बताए ।
कार्यक्रममा बाँसगढी नगरपालीकाका कार्यकारी अधिकृत बखतबहादुर खड्का, पशु सेवा केन्द्र मोतिपुरका प्रमुख ठाकुरदयाल शाह, स्वास्थ्य चौकी मोतिपुरका प्रमुख सुरेशकुमार रेग्मी, ईलाका प्रहरी कार्यालय मोतिपुरका सई रबिलाल सलामी, पिपलबोट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नवराज अधिकारी लगायत बिभिन्न सहकारी संस्थाका अध्यक्ष, दुध संकलन केन्द्रका प्रतिनिधी लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा संस्थाका संस्थापक सचिव दिनानाथ अधिकारीलाई संस्थालाई बचाई राख्न योगदान गरे बापत दोसल्ला ओराएर सम्मान गरिएको थियो । संस्थाका लेखा संयोजक प्रेमप्रसाद शर्माले स्वागत मन्तव्य राखेको कार्यक्रमको शंकर शर्माले सञ्चालन गरेका थिए ।

प्रकाशित मितिः बुधबार, साउन ५, २०७३     2:23:21 PM  |