20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

गुरुपूर्णिमा गुरुजनप्रति सम्मान भाव प्रकट

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, साउन ५, २०७३  

कोहलपुर, साउन ५
आषाढ शुक्ल पूर्णिमाका शिक्षा, दीक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइएको छ । ‘गु’ भन्नाले अन्धकार र ‘रु’ भन्नाले प्रकाश भन्ने बुझिन्छ । ज्ञानरुपी प्रकाशले अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने धर्मशास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए ।
गुरु पूर्णिमाका अवसरमा मंगलबार विद्यालय एवम् विभिन्न संघसंस्थाले विभिन्न कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गरेका छन् । वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । व्यासले पुराण र उपपुराणका माध्यमबाट अरुको उपकार गरे धर्म हुन्छ एवम् अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएका छन् ।

खेलाडीहरुले मनाए गुरुपूर्णिमा
कोहलपुर २ सुपरस्टार तेक्वान्दो दोजाङ्ग कोहलपुरको आयोजनामा नेपाल तेक्वान्दो संघ बाँकेका खेलाडीहरुले गुरुपूर्णिमा विविध कार्यक्रमको आयोजना गरि मनाएका छन् । कार्यक्रममा मध्यपश्चिम तेक्वान्दो संघका संयोजक सिनियर गुरु श्री श्रीमान् थापालाई खेलाडीहरुले सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै श्रीमान् थापाले आफुलाई आफ्ना चेलाहरुले गरेको सम्मान प्रति खुशी व्यक्त गरे ।
कार्यक्रममा बाँके जिल्लाका तेक्वान्दोका सिनियर गुरुहरु नेत्र थापा, बिमला भण्डारी, जङ्गविर थारु लगायतको उपस्थिति थियो । सुपरस्टार तेक्वान्दो दोजाङ्गका संयोजक महेश थापाको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा एक सय ५० जना खेलाडीहरुको उपस्थिति रहेको थियो । सुपरस्टार तेक्वान्दो दोजाङ्गले गुरुपूर्णिमाको अवसरमा प्रत्येक वर्ष यस्तै कार्यक्रम गर्दै आएको छ ।

विद्यार्थीले मनाए गुरुपूर्णिमा

 त्यस्तै महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजका बिबिए संकाएका छैटौं सेमेष्टारका विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रमको आयोजना गरि गुरु पूर्णिमा मनाएका छन् । महेन्द्र बहुमुखी क्याम्पसका बिबिए संकायका छैटौं सेमेष्टारका विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रमको आयोजना गरि गुरु पूर्णिमा मनाएका छन् । गुरु पूर्णिमाको अवसर पारि विद्यार्थीहरुले गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै साँस्कृतिक कार्यक्रमको आयोजना गरि गुरु पूर्णिमा पर्व मनाएका हुन् ।
कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले हामिले गुरुहरुको सम्मान गर्न सक्नु पर्ने र गुरुहरुले सिकाएको शिक्षाले नै उज्यालो बाटो पहिल्याउने भएकाले गुरुलाई सधै सम्मान गर्नुपर्ने बताए । त्यस्तै नेपाल राष्ट्र बैकंका क्षेत्रिय प्रमुख तथा साहित्यकार भिष्म उपे्रतिले यस किसिमका कार्यक्रमले विद्यार्थी र शिक्षकका बिचमा स्नेहलाई अझै बढि गाडा बनाउन मद्दत पुग्ने बताए ।
कार्यक्रममा विधाथीहरुले विभिन्न किसिमका साँस्कृतिक प्रतिभाहरु पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा पुर्व क्याम्पस प्रमुख मोहन शाहको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ट, नेपालगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत हेमराज भुषाल, महेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गणेश रेग्मी, व्यवस्थापन सदस्य अच्युत प्रसाई लगायत क्याम्पसका विभिन्न संकायका प्रध्यापक, विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मितिः बुधबार, साउन ५, २०७३     2:20:47 PM  |